बिहीबार, जेठ २८, २०८३

मेची–महाकाली स्वाभिमान यात्रा चलाउँदै राप्रपा नेपाल

मेचीको काँकडभिट्टाबाट ३० भदौमा सुरु हुने मेची–महाकाली राष्ट्रिय स्वाभिमान यात्रा महाकालीको बनवासा पुगी काठमाडौं आएपछि समापन हुनेछ।
 |  बिहीबार, भदौ १६, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, भदौ १६, २०७९
National life
Shivam cement

काठमाडौं– कमल थापा नेतृत्वको राप्रपा नेपालले आउँदो ४ मंसिरको चुनावलाई लक्षित गरेर मेची–महाकाली राष्ट्रिय स्वाभिमान यात्रा गर्ने भएको छ। राप्रपा नेपालको बिहीबार बसेको सचिवालयको बैठकले मेचीको काँकडभिट्टाबाट ३० भदौमा सुरु हुने मेची–महाकाली राष्ट्रिय स्वाभिमान यात्रा महाकालीको बनवासा पुगी काठमाडौं आएपछि समापन हुनेछ।

बैठकले समान विचारधारा भएका राजनीतिक दल, समूह तथा व्यक्तिसँग आवश्यक परामर्श गर्ने जिम्मेवारी पार्टीका उपाध्यक्ष एवं राजनीतिक विभाग प्रमुख दिलनाथ गिरीलाई दिने निर्णय गरेको प्रवक्ता तथा प्रचार विभाग प्रमुख सुरेश आचार्यले बताए।

बैठकमा महामन्त्री सुशीलकुमार श्रेष्ठद्वारा राष्ट्रिय स्वाभिमान यात्रा तयारी, महामन्त्री भाष्कर भद्राद्वारा प्रत्यक्ष र समानुपातिक उम्मेदवारी, महामन्त्री केशवराज श्रेष्ठद्वारा सञ्चार, प्रवक्ता सुरेश आचार्यद्वारा प्रचार–प्रसार र सह–महामन्त्री दमन बस्नेतद्वारा स्रोत परिचालनसम्बन्धी कार्यप्रगति विवरण प्रस्तुत गरिएको राप्रपा नेपालले बताएको छ।

प्रकाशित: Sep 01, 2022| 14:19 बिहीबार, भदौ १६, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...