बिहीबार, साउन २१, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • मेची-काली स्वाभिमान यात्रामा निस्कँदै राप्रपा नेपाल, तालमेलबारे छलफल गर्ने जिम्मा गिरीलाई

मेची-काली स्वाभिमान यात्रामा निस्कँदै राप्रपा नेपाल, तालमेलबारे छलफल गर्ने जिम्मा गिरीलाई

राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालले मेची-काली स्वाभिमान यात्रा गर्ने भएको छ।
 |  बिहीबार, भदौ १६, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, भदौ १६, २०७९

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालले मेची-काली स्वाभिमान यात्रा गर्ने भएको छ। भदौ ३० गते झापाको काकडभिट्टाबाट सुरु हुने यात्रा महाकालीको वनवासा पुगी काठमाडौं आएर समापन गर्ने राप्रपा नेपालका प्रवक्ता सुरेश आचार्यले जानकारी दिए। 

अध्यक्ष कमल थापाको अध्यक्षतामा बिहीबार बसेको सचिवालय बैठकले यस्तो निर्णय गरेको हो। राप्रपा नेपालले विभिन्न समान विचारधारा भएका राजनीतिक दल, समूह तथा व्यक्तिसँग आवश्यक परामर्श गर्ने जिम्मेवारी पार्टीका उपाध्यक्ष एवं राजनीतिक विभाग प्रमुख दिलनाथ गिरीलाई दिने निर्णय पनि गरेको छ। 

बैठकमा महामन्त्री सुशिल कुमार श्रेष्ठद्वारा राष्ट्रिय स्वाभिमान यात्रा तयारी, महामन्त्री भास्कर भद्राद्वारा प्रत्यक्ष र समानुपातिक उम्मेद्वारी, महामन्त्री केशवराज श्रेष्ठद्वारा सञ्चार, प्रवक्ता सुरेश आचार्यद्वारा प्रचारप्रसार र सहमहामन्त्री दमन बस्नेतद्वारा स्रोत परिचालन सम्बन्धी कार्य प्रगती विवरण प्रस्तुत भएको थियो।

प्रकाशित: Sep 01, 2022| 14:18 बिहीबार, भदौ १६, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...