मंगलबार, भदौ १०, २०८२

धनकुटाबाट सुनीलबहादुर सर्वसम्मत सिफारिस

नेपाली कांग्रेसका केन्द्रीय सदस्य सुनीलबहादुर थापा धनकुटाबाट प्रतिनिधिसभाको उम्मेदवारमा सर्वसम्मत सिफारिस भएका छन्।
 |  बिहीबार, भदौ १६, २०७९
nespernesper

नेपाल समय

नेपाल समय

बिहीबार, भदौ १६, २०७९

vianetvianet

काठमाडौं– नेपाली कांग्रेसका केन्द्रीय सदस्य सुनीलबहादुर थापा धनकुटाबाट प्रतिनिधिसभाको उम्मेदवारमा सर्वसम्मत सिफारिस भएका छन्।

Kumaribank

एउटामात्रै निर्वाचन क्षेत्र रहेको धनकुटामा नेपाली कांग्रेसको क्षेत्रीय, जिल्ला समिति तथा महाधिवेशन प्रतिनिधिलगायतको बैठकले सर्वसम्मत सिफारिस गरेको हो। 

तत्कालीन राप्रपाका नेता थापालाई २०७४ सालको निर्वाचनमा समेत नेपाली कांग्रेसले सहयोग गरेको थियो तर सो निर्वाचनमा थापा एमाले नेता राजेन्द्र राईसँग पराजित भएका थिए। थापा दोस्रो संविधानसभा निर्वाचन २०७० मा तत्कालीन राप्रपाको तर्फबाट धनकुटा–२ बाट निर्वाचित भएका थिए।

त्यो बेला धनकुटा दुई निर्वाचन क्षेत्रमा विभाजित थियो। उनी सुशील कोइराला प्रधानमन्त्री हुँदा वाणिज्य तथा आपूर्ति र शेरबहादुर देउवा प्रधानमन्त्री हुँदा उद्योग मन्त्री भइसकेका छन्।

पिता सूर्यबहादुर थापाको मृत्युपश्चात् उनी राप्रपाको राजनीति त्यागेर २०७७ सालमा नेपाली कांग्रेस प्रवेश गरेका थिए। कांग्रेस प्रवेश गरेपछि उनलाई सहमहामन्त्री बनाइएको थियो।

Metro Mart

प्रकाशित: Sep 01, 2022| 14:11 बिहीबार, भदौ १६, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।
प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 
प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 
बागमतीबाट पनि बाहिरियो राप्रपा

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।
म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।