मंगलबार, चैत १७, २०८२

मोरङ–४ का लागि कांग्रेसबाट ५ जना सिफारिस

आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि प्रत्यक्षतर्फ मोरङ क्षेत्र नम्बर ४ बाट पाँच जनाको नाम सिफारिस भएको छ।
 |  बिहीबार, भदौ १६, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, भदौ १६, २०७९

काठमाडौं– आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि प्रत्यक्षतर्फ मोरङ क्षेत्र नम्बर ४ बाट पाँच जनाको नाम सिफारिस भएको छ। 

National life

महेश आचार्य, गुरुराज घिमिरे, भीम पराजुली, दीलिप गच्छदार र भक्ति माझीको नाम क्षेत्रीय समितिले सिफारिस गरेको हो। यो क्षेत्रमा आचार्य २०४८ सालदेखि चुनावी मैदानमा निरन्तर छन्। आचार्य यसअघि यसै क्षेत्रमा पराजित भएका थिए। आचार्यले कांग्रेसको १४औं महाधिवेशनमा उपसभापतिमा उम्मेदवारी दिएर पराजित बनेका थिए। 

घिमिरे भने प्रदेश–१ सभापतिमा पराजित नेता हुन्। उनी नेपाल विद्यार्थी संघका पूर्व अध्यक्षसमेत हुन्। सिफारिसमा परेका पराजुली विराटनगरका पूर्व मेयर हुन्। उनी महेन्द्र मोरङ क्याम्पसबाट स्वतन्त्र विद्यार्थी युनियनको चुनावमा विद्रोह गरेर स्वतन्त्र विद्यार्थी युनियनको सभापति निर्वाचित भएका थिए। 

दीलिप गच्छदार संविधानसभाका सदस्य थिए। उनी गत जिल्ला अधिवेशनमा डिगबहादुर लिम्बुसँग सभपातिमा पराजित भएका थिए। सिफारिसमा परेका माझी भने नेपाल प्रहरीका पूर्वडीआईजी हुन्। माझी नेपाली कांग्रेसका पूर्व उपसभापति विजय गच्छदार निकट मानिन्छन्। यस क्षेत्रमा अघिल्लो पटक बाम गठबन्धनबाट अमनलाल मोदीले जितेका थिए ।


प्रकाशित: Sep 01, 2022| 14:10 बिहीबार, भदौ १६, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।