शनिबार, मंसिर ६, २०८२

रोनाल्डो युनाइटेडमै रहन्छन्: टेन ह्याग

गत सिजन आफ्नै पुरानो क्लब म्यान्चेस्टर युनाइटेड फर्किएका पोर्चुगिच कप्तान क्रिष्टियानो रोनाल्डो नयाँ सिजन सुरु भएसँगै क्लब छाड्न चाहेका थिए।
 |  बिहीबार, भदौ १६, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, भदौ १६, २०७९

काठमाडौं– गत सिजन आफ्नै पुरानो क्लब म्यान्चेस्टर युनाइटेड फर्किएका पोर्चुगिच कप्तान क्रिष्टियानो रोनाल्डो नयाँ सिजन सुरु भएसँगै क्लब छाड्न चाहेका थिए। लामो समय रोनाल्डोको ट्रान्सफरको विषयमा बहस जारी छ। 

National life

युनाइटेड यसपटक च्याम्पियन्स लिगमा छनोट हुन नसकेपछि उनी क्लबमा बस्न चाहेका छैनन्। रोनाल्डोका एजेन्ट पनि रोनाल्डोलाई अन्य क्लबमा ट्रान्सफर गर्न अरु क्लबसँग छलफल गरिरहेको बताइएको छ। तर युनाइटेडका प्रशिक्षक एरिक टेन ह्यागले ३७ वर्षे रोनाल्डो क्लबमै रहने बताएका छन्। रोनाल्डोसँग क्लब खुशी रहेको उनले बताए।

उनले भनेका छन्, ʽरोनाल्डोसँग क्लब खुशी छ र रोनाल्डो पनि क्लबमै खुशी छन्। गत सिजन आफ्नै पुरानो क्लबमा फर्किन पाउँदा रोनाल्डो पनि खुशी छन्। हामी सँगै मिलेर यो सिजन सफल बनाउनेछौं। धेरै उपाधिहरु जित्नेछौं। सिजनको सुरुवातदेखि नै हामीले यो योजना बनाएका थियौं।ʼ

रोनाल्डो युनाइटेड फर्किएपछि उनी नै युनाइटेडको शिर्ष गोलकर्ता समेत हुन्। उनले गत सिजन २४ गोल गरेका थिए। तर यो सिजन उनले गोलको खाता खोल्न सकेका छैनन्।

प्रकाशित: Sep 01, 2022| 13:59 बिहीबार, भदौ १६, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।