बिहीबार, साउन २१, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • चितवन-२ मा चुनाव लड्न मन्त्री र राज्यमन्त्रीसहित कांग्रेसबाटै १० आकांक्षी

चितवन-२ मा चुनाव लड्न मन्त्री र राज्यमन्त्रीसहित कांग्रेसबाटै १० आकांक्षी

चितवन-२ बाट कांग्रेसबाट बहालवाला मन्त्री र राज्यमन्त्रीसहित १० जनाले चुनाव लड्नका लागि कांग्रेस क्षेत्रीय समितिमा आवेदन दर्ता गराएका हुन्।
 |  बिहीबार, भदौ १६, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, भदौ १६, २०७९

काठमाडौं- मंसिर ४ गते हुन लागेको प्रतिनिधि सभा निर्वाचनका लागि चितवनबाट करिब दर्जन नेता आकांक्षी देखिएका छन्। बुधबारसम्ममा चितवन-२ मा कांग्रेसबाट बहालवाला मन्त्री र राज्यमन्त्रीसहित १० जनाले चुनाव लड्नका लागि कांग्रेस क्षेत्रीय समितिमा आवेदन दर्ता गराएका हुन्। 

हालसम्म देखिएका आकांक्षीहरूमा महिला बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री उमा रेग्मी, राज्यमन्त्री उमेश श्रेष्ठ, जितनारायण श्रेष्ठ, राजन कार्की, प्रकाश अधिकारी र राजन ताम्राकार छन्। यस्तै राजेश्वर खनाल, इन्दिरकुमारी सडौला सापकोटा, भरत सापकोटा र कैलाश कोइरालाले पनि चुनाव लड्नका लागि टिकट माग्दै आवेदन दर्ता गराएका छन्।

समानुपातिकतर्फ ८ जनाले उम्मेदवारीका लागि आवेदन दिएका छन्। यसरी आवेदन दिनेमा शालिग्राम शर्मा पौडेल, गौरीकुमारी श्रेष्ठ, शान्ति परियार विक छन्। यस्तै केशवराज कँडेल, रामकुमार श्रेष्ठ, पवित्रा केसी, इन्द्रनारायण श्रेष्ठ, भुवनराज खनालले पनि आवेदन दर्ता गराएको चितवन २ क्षेत्रीय सभापति भरतप्रसाद लामिछानेले जानकारी दिए।

श्रेष्ठ प्रधानमन्त्री तथा मन्त्रीपरिषद कार्यालयमा राज्यमन्त्रीको जिम्मेवारीमा छन्। दुई पटकसम्म समानुपातिकतर्फबाट सांसद बनिसकेका श्रेष्ठ यसपालि प्रत्यक्ष निर्वाचित सांसद बन्न खोजिरहेका छन्। राज्यमन्त्री श्रेष्ठले मंगलबार चितवन-१ बाट पनि उम्मेद्वार बन्न आवेदन दर्ता गराएका छन्।

चितवन-२ मा पर्ने भरतपुर महानगरपालिका-५ मा राज्यमन्त्री श्रेष्ठको घर छ।

प्रकाशित: Sep 01, 2022| 13:53 बिहीबार, भदौ १६, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...