बुटवल– आगामी मंसिर ४ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि प्रत्यक्षतर्फ रुपन्देही–२ बाट गृहमन्त्री बालकृष्ण खाण सिफारिस भएका छन्।
नेपाली कांग्रेस क्षेत्रीय समितिले खाणसहित नेता युवराज गिरी र व्यवसायी चुन्नुप्रसाद पौडेलको नाम पनि सिफारिस गरेको हो।
खाण २०७४ को निर्वाचनमा सोही क्षेत्रबाट समानुपातिकमा बसेका थिए। रुपन्देही–२ मा २०७४, २०७० र २०६४ का तीनैवटा संसदीय चुनावमा एमाले नेता विष्णु पौडेलले जितेका थिए।