बिहीबार, साउन २१, २०८३

निलम्बित प्रधानन्यायाधीश राणासँग दोस्रो दिनको बयान लिइँदै

निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले प्रतिनिधिसभाको महाअभियोग सिफारिस समितिसमक्ष आज पनि बयान दिन सुरू गरेका छन्।
 |  बिहीबार, भदौ १६, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, भदौ १६, २०७९

काठमाडौं- निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले प्रतिनिधिसभाको महाअभियोग सिफारिस समितिसमक्ष आज पनि बयान दिन सुरू गरेका छन्। बुधबार पहिलो दिन विषय मात्र प्रवेश भएको र प्रश्न धेरै भएकाले जबरालाई बिहीबार ११ बजे पुनः बोलाइएको थियो।

बुधबार उनीमाथिका ४३ प्रश्नमध्ये जबराले चार वटाको जवाफ दिएका थिए। बाँकी प्रश्नको जवाफ आज दिने छन्। 

प्रतिनिधि सभाले साउन १५ मा राणाविरुद्धको महाअभियोगको प्रस्ताव समितिमा पठाउने निर्णय गरेको थियो।

सत्तारुढ दलले २१ आरोपसहित राणाविरुद्ध गएको फागुनमा महाअभियोग प्रस्ताव संसदमा दर्ता गराएका थिए।

राणाले मन्त्रिपरिषद र संवैधानिक नियुक्तिमा भागबण्डा खोजेको, कार्यकारीसँग सौदाबाजी गरेको, आर्थिक राजनीतिक मुद्दामा बेञ्च सेटिंग गरेको, भ्रष्टाचार गरेको जस्ता आरोप छन्।

प्रकाशित: Sep 01, 2022| 12:28 बिहीबार, भदौ १६, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...