बिहीबार, साउन २१, २०८३

आरजु राणालाई कैलाली ५ बाट सर्वसम्मत उम्मेदवार सिफारिस

नेपाली कांग्रेसले क्षेत्र नम्बर ५ बाट प्रत्यक्षतर्फ देउवालाई उम्मेदवार बनाउने सर्वसम्मत निर्णय गरेको हो।
 |  बिहीबार, भदौ १६, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, भदौ १६, २०७९

धनगढी- आगामी मंसिर ४ मा हुने निर्वाचनका लागि कैलाली निर्वाचन क्षेत्र नम्बर ५ बाट डा. आरजु राणालाई प्रतिनिधि सभा निर्वाचनका लागि सर्वसम्मत उम्मेदवार सिफारिस गरिएको छ। नेपाली कांग्रेसले क्षेत्र नम्बर ५ बाट प्रत्यक्षतर्फ देउवालाई उम्मेदवार बनाउने सर्वसम्मत निर्णय गरेको हो। 

बुधबार सम्पन्न नेपाली कांग्रेस कैलाली निर्वाचन क्षेत्र नम्बर ५ ‘क’को प्रदेश समितिको बैठकले राणालाई प्रतिनिधि सभा सदस्यको लागि सर्वसम्मत रूपमा उमेदवार बनाएको हो। 

अघिल्लो निर्वाचनमा राणा तत्कालीन बाम गठबन्धनका उम्मेदवार नारदमुनी रानासँग चार हजार आठ सय ८० मत अन्तरले पराजित भएकी थिइन्।

प्रकाशित: Sep 01, 2022| 10:28 बिहीबार, भदौ १६, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...