शनिबार, मंसिर ६, २०८२

बायर्नको फराकिलो जितमा मानेको पनि गोल

यसअघि उनले बुन्डेसलिगामा एक पेनाल्टी गोलसहित तीन गोल गरिसकेका छन्। यसर्थ बुधबार राति उनले क्लबका लागि चौथो गोल गरेका हुन्।
 |  बिहीबार, भदौ १६, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, भदौ १६, २०७९

काठमाडौं- इंग्लिस क्लब लिभरपुलबाट यो वर्ष जर्मन क्लबमा सरुवा भएका सेनेगलका फरवार्ड साडियो मानेले बार्यनबाट गोल गरेका छन्। जर्मन कपमा यो उनको पहिलो गोलसमेत हो।

National life

यसअघि उनले बुन्डेसलिगामा एक पेनाल्टी गोलसहित तीन गोल गरिसकेका छन्। यसर्थ बुधबार राति उनले क्लबका लागि चौथो गोल गरेका हुन्।

जर्मन कपको गए रातिको खेलमा बायर्नले भिक्टोरिया कोल्नविरुद्ध ५–० को फराकिलो जित निकालेको थियो। यसक्रममा मानेले खेलको ५३औं मिनेटमा गोल गरेका थिए।

खेलको ३५औं मिनेटमा गोल गर्दै रायन ग्रावेन्बेर्चले अग्रता बनाएका थिए। त्यस्तै, माथ्थिउस टेलले ४५ औं मिनेटमा गोल गरे। मानेले ५३औं मिनेटमा, जमल मुसियालाले ६७औं मिनेटमा र लियोन गोरेट्काले ८२ औं मिनेटमा गोल गरेका थिए। यो जितसँगै बार्यन दोस्रो चरणमा प्रवेश गरेको छ।

प्रकाशित: Sep 01, 2022| 09:45 बिहीबार, भदौ १६, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।