शनिबार, मंसिर ६, २०८२

बलियो फममा कायम आर्सनल, लिभरपुलको पनि जित

इमिरेट्स रंगशालामा पाहुना टिम एस्टन बराबरी गोल फर्काए पनि दोस्रो हाफमा कमब्याक गर्दै आर्सनलले २–१ को जित निकालेको हो।
 |  बिहीबार, भदौ १६, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, भदौ १६, २०७९

काठमाडौं- इंग्लिस प्रिमियर लिग (ईपीइल)मा बुधबारा राति आर्सनलले लगातार पाँचौ जित निकालेको छ। इमिरेट्स रंगशालामा पाहुना टिम एस्टन बराबरी गोल फर्काए पनि दोस्रो हाफमा कमब्याक गर्दै आर्सनलले २–१ को जित निकालेको हो।

National life

आर्सनलको जितका लागि ग्याब्रियल जिसस र ग्याब्रियल मार्टिनेलीले क्रमशः ३० र ७७औं मिनेटमा गोल गरेका थिए। यता खेलको ७४औं मिनेटमा डग्लस कोस्टाले गोल गर्दै बनाएको बराबरीबाट मार्टिनेलीले टिमलाई जिताएका हुन्।

यो जितसँगै आर्सनले प्रिमियर लिगको शीर्षस्थानमा कायमै छ। लिगको सुरुआति पाँच खेलमा सतप्रतिशत अंक बनाउने क्लब पनि आर्सनलन नै भएको छ।

त्यस्तै, बुधबार रातिको खेलमा लिभरपुलले न्युकासललाई हराएको छ। खेलको ३८औं मिनेटमै न्युकासलका अलेक्जेन्डर इसकले गोल गरेपछि पछि परेको लिभरपुलले २–१ को कमब्याक जित निकालेको हो।

यो जितका लागि लिभरपुलका रोबार्टो फर्मिनो र फबि कार्वाल्होले गोल गरेका थिए। उनीहरुले खेलको ६१औं र इन्ज्युरी समयमा गोल गरेका थिए। यो जितपछि लिभरपुल तालिकाको पाँचौ स्थानमा उक्लिएको छ। लिभरपुलले यो सिजनका सुरुआति तीन खेलमै सात अंक गुमाइसकेको छ। यससँगै ऊ शीर्षस्थानका क्लबहरुभन्दा पछि परेको हो।

Laxmi sunrise bank
kumari

बुधबार राति सम्पन्न भएको अर्को खेलमा चाहिँ टोटेनहमले वेस्टह्यामसँग १–१ को बराबरी खेलेको छ। थिलो खेररले आत्मघाति गोल गरेपटि अग्रता बनाएको टोटेनहम वेस्टह्यामका थोमस सोउसेकको गोलबाट बराबरीमा रोकिएको हो।

यो बराबरीका बाबजुद ११ अंक बनाएको टोटेनहम तालिकाको तेस्रो स्थानमा रहेको छ। बुधबार रातिकै अर्को खेलमा भने बर्नेमाउथले उल्भ्ससँग गोलरहित बराबरी खेलेको छ। उसले पछिल्लो खेलमा लिभरपुलसँग ९ गोल बेहोरेपछि बर्नेमाउथले आफ्ना प्रशिक्षकलाई बर्खास्त गरेको थियो।

प्रकाशित: Sep 01, 2022| 09:00 बिहीबार, भदौ १६, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।