शनिबार, मंसिर ६, २०८२

हाल्यान्डको सानदार ह्याट्रिकमा सिटीको जित

सिटीको इतिहाद रंगशालामा सम्पन्न खेलमा सिटीले ६–० को जित निकालेको हो।
 |  बिहीबार, भदौ १६, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, भदौ १६, २०७९

काठमाडौं- पछिल्लो खेलको दोस्रो हाफमा कमब्याक ह्याट्रिक गरेका इर्लिङ हाल्यान्डले बुधबार रातिको खेलमा पनि नटिङ्घम फरेस्टविरुद्ध ह्याट्रिक गर्दै सानदार जित दिलाएका छन्। सिटीको इतिहाद रंगशालामा सम्पन्न खेलमा सिटीले ६–० को जित निकालेको हो।

National life

सो जितका लागि ह्याल्यान्डले पहिलो हाफको १२औं, २३औं र ३८औं मिनेटमा ह्याट्रिक गर्दै ३–० को अग्रता दिलाएका थिए।

त्यस्तै, क्यान्सेलोले खेलको ५०औं मिनेटमा गोल गरे भने जुलियन अल्भारेज ले खेलको ६५औं मिनेटमा र ८७औं मिनेटमा गोल गर्दै सिटीको खातामा छ गोल पुर्‍याएका थिए।

बुधबार रातिकै अर्को खेलमा भने बर्नेमाउथले उल्भ्सलाई गोलरहित बराबरीमा रोक्न सफल भएको छ। उसले पछिल्लो खेलमा लिभरपुलसँग ९ गोल बेहोरेपछि बर्नेमाउथले आफ्ना प्रशिक्षकलाई बर्खास्त गरेको थियो।

यो जितसँगै १५ अंक बनाएको म्यानचेस्टर सिटी तालिकको दोस्रो स्थानमा छ। शीर्षस्थानमा रहेको आर्सनलभन्दा ऊ दुई अंकले पछि रहेको हो। यता बर्नेमाउथ १६ औं स्थानमा छ भने उल्भ्स रेलिगेसन जोनमा रहेको छ।

Laxmi sunrise bank
kumari

प्रकाशित: Sep 01, 2022| 08:40 बिहीबार, भदौ १६, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।