बिहीबार, साउन २१, २०८३

प्रदेश प्रशिक्षण कार्यक्रमलाई सम्बोध गर्न प्रचण्ड सुर्खेत आउँदै

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहल ‘प्रचण्ड’ सहितका नेताहरू बिहीबार सुर्खेत आउने भएका छन्।
 |  बिहीबार, भदौ १६, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, भदौ १६, २०७९

सुर्खेत- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहल ‘प्रचण्ड’ सहितका नेताहरू बिहीबार सुर्खेत आउने भएका छन्। 

माओवादी कर्णाली प्रदेश कमिटीले आयोजना गरेको प्रदेश स्तरिय प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्नका लागि प्रचण्ड सुर्खेत आउन लागेका हुन्। 

प्रचण्डको साथमा नारायणकाजी श्रेष्ठ, सिद्धराज न्यौपाने, गंगा दाहाल, मनोज थापा लगायतको ६ जनाको टोली सुर्खेत आउने माओवादी केन्द्र प्रदेश कमिटीले जनाएको छ।

यस्तै अर्थमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ पनि सुर्खेत आउने कार्यतालिका रहको छ। अर्थमन्त्री शर्माले बीमा समितिको प्रदेश कार्यालयको उद्घाटन गर्ने कार्यक्रम रहेको छ। त्यसपछि उनी प्रशिक्षण कार्यक्रममा सहभागिना जनाउने छन्।

प्रशिक्षण कार्यक्रममा प्रदेशका १० वटै जिल्लाका स्थानीय नेता, कार्यकर्ताको सहभागिता रहने छ।

प्रकाशित: Sep 01, 2022| 07:54 बिहीबार, भदौ १६, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...