बुधबार, जेठ २७, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • सिट बाँडफाँटबारे छलफल गर्न बसेको गठबन्धनका शीर्ष नेताको बैठक निष्कर्षविहीन

सिट बाँडफाँटबारे छलफल गर्न बसेको गठबन्धनका शीर्ष नेताको बैठक निष्कर्षविहीन

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बुधबार सिट बाँडफाँट कार्यदलका सदस्यहरुसहित बसेको बैठकमा पनि सिटको भागबण्डाका विषयमा कुनै सहमति जुट्न सकेन।
 |  बुधबार, भदौ १५, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, भदौ १५, २०७९

काठमाडौं- सत्ता गठबन्धनमा रहेका पाँच दलका शीर्ष नेताहरुको बैठकले सिट बाँडफाँटका विषयमा छलफल गरे पनि कुनै निष्कर्ष निस्किन सकेन। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बुधबार सिट बाँडफाँट कार्यदलका सदस्यहरुसहित बसेको बैठकमा पनि सिटको भागबण्डाका विषयमा कुनै सहमति जुट्न सकेन। 

National life

छलफलमा सहभागी सञ्‍चार तथा सूचना प्रविधिमन्त्रीसमेत रहेका कार्यदल सदस्य ज्ञानेन्द्र कार्कीले छलफल सकारात्मक भएको जानकारी दिए। उनले भने, 'छलफल सकारात्मक भएको छ। अन्तिम सहमति चाँडै जुट्ने छ।' 

बैठकमा नेताहरुले आ-आफ्नो पार्टीमा छलफल गरेर बिहीबार बिहान ११ बजे पुन: बैठक बस्‍ने सहमति भए पनि मन्त्री कार्कीले जानकारी दिए। 

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा, नेपाली कांग्रेसका महामन्त्री गगन थापा, सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्की, माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, वरिष्ठ नेता नारायणकाजी श्रेष्ठ, नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपाल, जसपाका अध्यक्ष उपेन्द्र यादव र राष्ट्रिय जनमोर्चाका नेताहरु सहभागी थिए।

यसअघि कार्यदलको बैठकमा १६५ निर्वाचन क्षेत्रमध्ये कांग्रेसबाहेकका दलहरुले १३४ सिटमा दाबी पेश गरेका थिए। जसमा नेकपा माओवादी केन्द्रले ६०, नेकपा एकीकृत समाजवादीले ४०, जनता समाजवादी पार्टी (जसपा)ले ३२ र राष्ट्रिय जनमोर्चाले दुई सीटमा दाबी गरेको थियो। त्यस्तै, नेपाली कांग्रेसले एक सय सीटमा दाबी गरेको छ। 

Shivam cement

प्रकाशित: Aug 31, 2022| 20:55 बुधबार, भदौ १५, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...