मंगलबार, असोज ९, २०८०

चीनको 'अघोषित नाकाबन्दी'बारे बल्ल सरकारी चासो

प्रधानमन्त्री शेरबहादुर देउवाका प्रेस सल्लाहकार अरुणकुमार सुवेदीले भने चाडबाडका लागि नेपाली व्यापारीले ल्याएको सामान नाका पास गराउन सरकारले विभिन्‍न च्यानलमार्फत संवादलाई अघि बढाएको जानकारी दिए।
 |  बिहीबार, भदौ १६, २०७९
averest bankaverest bank

दिलीप प्रकाश कार्की

दिलीप प्रकाश कार्की

बिहीबार, भदौ १६, २०७९

काठमाडौं- विगत ३० महिनादेखि नेपालसँगको सीमामा चीनले आंशिक र पूर्ण प्रतिबन्ध लगाउँदै आएको छ। सन् २०१९ को डिसेम्बर अन्तिममा चीनको वुहानमा देखिएको कोरोना प्रकोपले महामारीको रुप लिएपछि चीनले नेपालतर्फका नाकामा अघोषित नाकाबन्दीलाई निरन्तरता दिएको हो। कोरोना महामारी सामान्य बन्दै गए पनि नेपालसँगको सीमा नाका नखोलेपछि नेपाल सरकारले पटक-पटक नाका सहज गरिदिन आग्रह गर्दै आएको थियो। 

sagarmatha cement

लगातारको आग्रहपछि चीनले स्वास्थ्य मापदण्ड पालना गर्दै दैनिक १४ कन्टेनरसम्म आउन दिने गरेको थियो। तर, पछिल्लो तीन सातादेखि कुनै औपचारिक जानकारी बिना नै एकतर्फी रुपमा सीमा नाकामा पूर्णरुपमा प्रतिबन्ध लगायो। परराष्ट्रमन्त्री डा. नारायण खड्का चीन प्रस्थान गर्नुभन्दा दुई दिनअघि चीनले सीमानाका पूर्णरूपमा ठप्प पार्‍यो। तर, अब सीमा नाका कहिले खुल्छ भन्‍ने विषयमा सरकार अझै बेखबर छ। 

रसुवाका प्रमुख जिल्ला अधिकारी नवराज जैसीले रसुवा-केरुङ नाकाबाट साउन २२ गतेदेखि ठप्प भएको जानकारी दिए। उनले भने, 'चिनियाँ पक्षले साउन २२ गतेदेखि नै निर्यातमा रोक लगाएको हो। किन रोकेको भन्‍नेबारे बुझ्‍दा तिब्बतमा कोरोना बढेको भन्‍ने म्यासेज पठाएको थियो।' विगत ३० महिनादेखि चीनमा निर्यात हुने सामानमा भने पूर्ण प्रतिबन्ध छ। 

चीनले नाका ठप्प पारेपछि नेपाली व्यापारीले तीज, दसैं र जाडोयामलाई केन्द्रित गरी ल्याएका अर्बौं रकम बराबरका सामान चिनियाँ क्षेत्रमै अड्किएका छन्। नेपाल हिमालपार वाणिज्य महासंघका महासचिव भरत कार्कीका अनुसार नेपाली व्यापारीका नेपाल आउने तयारीमा रहेका करिब ५०० कन्टेनर सीमापारि नै अलपत्र छन्। उनले भने, 'कति सामान त कुहिने र ब्रिग्रिने किसिमको पनि छ। अब यति धेरै दिनसम्म त्यहाँ रहँदा त्यो सामानको अवस्था के भयो होला?' 

प्रकाशित: Sep 01, 2022| 07:50 बिहीबार, भदौ १६, २०७९
nepali patronepali patro
प्रतिक्रिया दिनुहोस्

थप समाचार

सुरक्षा माग्दै माइतीघर मण्डलामा डाक्टरहरुको विरोध प्रदर्शन

सुरक्षा माग्दै माइतीघर मण्डलामा डाक्टरहरुको विरोध प्रदर्शन

आज माइतीघर मण्डलामा भएको विरोध प्रदर्शनमा वीर अस्पताल, पाटन अस्पताल, त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज, नेपाल मेडिकल कलेजलगायत काठमाडौं उपत्यकाका डाक्टर सहभागी छन्।
उपमेयर डंगोलले भेटिन् ईःअभियन्ता

उपमेयर डंगोलले भेटिन् ईःअभियन्ता

उपमेयर डंगोलले राष्ट्रिय सभागृह अगाडि उभिएर महानगरको कार्यशैलीको विरोध गरिरहेका ईःअभियन्तालाई भेटेकी हुन्।
'जनतालाई कसरी मुख देखाउनु'

'जनतालाई कसरी मुख देखाउनु'

संसद्को क्षमता नभएको होइन, सांसदकै कमजोर प्रवृत्ति छ।