शुक्रबार, कात्तिक २८, २०८२
  • गृहपृष्ठ
  • प्रदेश
  • ७ वर्षदेखि कर नतिर्ने काठमाडौं फनपार्कलाई महानगरको २४ घण्टाको अल्टिमेटम

७ वर्षदेखि कर नतिर्ने काठमाडौं फनपार्कलाई महानगरको २४ घण्टाको अल्टिमेटम

विगत सात वर्षदेखि कुनै पनि कर नितिरेको काठमाडौं फनपार्कलाई कर तिर्न काठमाडौं महानगरपालिकाले २४ घण्टाको अल्टिमेटम दिएको छ।
 |  बुधबार, भदौ १५, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, भदौ १५, २०७९

काठमाडौं- विगत सात वर्षदेखि कुनै पनि कर नितिरेको काठमाडौं फनपार्कलाई कर तिर्न काठमाडौं महानगरपालिकाले २४ घण्टाको अल्टिमेटम दिएको छ। महानगरपालिकाले बुधबार फनपार्कलाई एक पत्र पठाउँदै भनेको छ, '...व्यवसाय कर र बहाल कर सम्बन्धित वडा कार्यालय र विज्ञापन कर तथा मनोरञ्‍जन कर महानगरपालिकाको राजश्‍व विभाग बबरमहलमा गइ पत्र प्राप्त भएको मितिले २४ घण्टाभित्र सम्पूर्ण बाँकी रकम र सोक लाग्‍ने जरीवानासमेत दाखिला गर्नुहुन अनुरोध छ।' 

National life

तोकिएको समयभित्र नबुझाउमा फनपार्क शिलबन्दी गरि तिर्नुपर्ने राजश्व सरकारी बाँकी सरह अशुलउपर गरिनेसमेत महानगरले चेतावनी दिएको छ। महानगरपालिकाका अनुसार वडा नम्बर २८ मा समाज कल्याण परिषद्को जग्गा भाडामा लिएर व्यवसाय गर्दै आएको फनपार्कले २०७२ सालदेखि व्यवसाय कर, बहाल कर, मनोरञ्जन कर तिरेको छैन।

फनपार्कले वर्षमा व्यवासय करबापत करिब २० हजार रुपैयाँ तिर्नुपर्ने राजस्व विभाग प्रमुख शिवराज अधिकारीले बताए। यस्तै, फनपार्कले मनोरञ्जन कर पनि महाननगरलाई नबुझाएको पाइएको छ। फनपार्कमा दैनिक सयौंको संख्यामा पैसा तिरेर जाने गरेका छन्। 

मनोरञ्जन करमार्फत् महानगरले आगन्तुकले तिरेको पैसामध्ये ५ प्रतिशत लिन्छ। उक्त रकममध्ये ६० प्रतिशत महानगर र बाँकी ४० प्रतिशत प्रदेश सरकारको खातामा जाने अधिकारीले जानकारी दिए। फनपार्कलाई बहाल लगाएको समाज कल्याण परिषद्ले पनि बहाल कल तरिको छैन। महानगरपालिकालाई फनपार्क र समाज कल्याण परिषद्बीचको बहाल सम्बन्धीको सम्झौता पत्र पनि नदिइएको अधिकारीले जानकारी दिए। 

प्रकाशित: Aug 31, 2022| 20:17 बुधबार, भदौ १५, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।