बिहीबार, साउन २१, २०८३

लेखराज भट्ट विजयी क्षेत्रमा चुनाव लड्न नैनसिंहको आवेदन

कैलाली जिल्ला नेपाली कांग्रेसको ४ नम्बर क्षेत्रीय समितिमा महरसहित सुनीलकुमार भण्डारी, प्रकाश बम, भोजराज भट्ट, प्रदीपराज जोशी, डा. लक्ष्मीराज पाठकले आवेदन दिएका छन्।
 |  बुधबार, भदौ १५, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, भदौ १५, २०७९

काठमाडौं- नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले कैलाली क्षेत्र नम्बर ४ बाट चुनाव लड्ने ईच्छा जाहेर गरेका छन्। मंसिर ४ मा हुने प्रतिनिधिसभा सदस्यको उम्मेदवार बन्नका लागि उनले नेपाली कांग्रेस क्षेत्रीय समितिमा आवेदन दिएका हुन्। 

कैलाली जिल्ला नेपाली कांग्रेसको ४ नम्बर क्षेत्रीय समितिमा महरसहित सुनीलकुमार भण्डारी, प्रकाश बम, भोजराज भट्ट, प्रदीपराज जोशी, डा. लक्ष्मीराज पाठकले आवेदन दिएका छन्।

माओवादीका सुदूरपश्चिम पूर्वइन्चार्जसमेत रहेका लेखराज भट्टले यो क्षेत्रबाट २०६४, २०७४ मा प्रत्यक्षतर्फ चुनाव जितेका थिए।माओवादीबाट एमालेको राजनीतिमा प्रवेश गरेका भट्टलाई विजयी गराएर देखाउनुपर्ने भएकाले एमाले अध्यक्ष केपी शर्मा ओलीले यसलाई प्रतिष्ठाको विषय बनाएका छन्। 

प्रकाशित: Aug 31, 2022| 19:10 बुधबार, भदौ १५, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...