शनिबार, जेठ ३०, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • माओवादी नेतासँग राष्ट्रपतिले भनिन्- नागरिकता विधेयकमा राष्ट्रिय सहमति होस्

माओवादी नेतासँग राष्ट्रपतिले भनिन्- नागरिकता विधेयकमा राष्ट्रिय सहमति होस्

‘राष्ट्रपतिज्यूले नागरिकता विधेयकका विषयमा कन्सर्न राख्नुभयो। विधेयक सर्वसम्मत होस् भन्ने उहाँको भनाइ छ,' भेटमा सहभागी एक माओवादी नेताले भने, ‘राष्ट्रिय महत्वको नागरिकता जस्तो विधेयकमा सबै दलको सहमति हुँदा राम्रो हुन्छ।’
 |  बुधबार, भदौ १५, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, भदौ १५, २०७९

काठमाडौं- राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयकमा राष्ट्रिय सहमति बन्नुपर्ने धारणा राखेकी छन्। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'सहित शीर्ष नेतासँगको भेटमा राष्ट्रपति भण्डारीले यस्तो बताएकी हुन्। 

National life

‘राष्ट्रपतिज्यूले नागरिकता विधेयकका विषयमा कन्सर्न राख्नुभयो। विधेयक सर्वसम्मत होस् भन्ने उहाँको भनाइ छ,' राष्ट्रपति भण्डारीलाई उद्धृत गर्दै भेटमा सहभागी माओवादी नेताले भने, ‘राष्ट्रिय महत्वको नागरिकता जस्तो विधेयकमा सबै दलको सहमति हुँदा राम्रो हुन्छ।’ 

जवाफमा प्रचण्डले नागरिकता विधेयकमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली हुँदादेखि सहमति भएको विधेयक ल्याएको प्रष्ट पारेका थिए। ओली सरकारले अध्यादेशमा ल्याएका व्यवस्थालाई नै विधेयकमा समावेश गरिएको विषय प्रचण्डले बताएका थिए। 

भेटमा प्रचण्डसहित वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, उपाध्यक्ष कृष्णबहादुर महरा, उपमहासचिवद्वय वर्षमान पुन र जनार्दन शर्मा लगायतका नेताहरु पुगेका थिए। नागरिकता विधेयकमाथि छलफल गर्ने राष्ट्रियसभाले विधायन व्यवस्थापन समितिमा पठाएको छ। 

प्रकाशित: Aug 31, 2022| 18:30 बुधबार, भदौ १५, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...