शनिबार, जेठ ३०, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • काठमाडौं एमाले : सिफारिसमै परेनन् अष्ट र रामवीर, दुई क्षेत्रमा परे विद्यासुन्दर

काठमाडौं एमाले : सिफारिसमै परेनन् अष्ट र रामवीर, दुई क्षेत्रमा परे विद्यासुन्दर

मंसिर ४ मा हुने निर्वाचनका लागि नेकपा एमालेले सम्भावित उम्मेदवारको नाम सिफारिस गरेको छ। १० वटै क्षेत्रका क्षेत्रीय कमिटी जिल्ला कमिटीलाई नाम सिफारिस गरेका हुन्।
 |  बुधबार, भदौ १५, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, भदौ १५, २०७९

काठमाडौं- मंसिर ४ मा हुने निर्वाचनका लागि नेकपा एमालेले सम्भावित उम्मेदवारको नाम सिफारिस गरेको छ। १० वटै क्षेत्रका क्षेत्रीय कमिटी जिल्ला कमिटीलाई नाम सिफारिस गरेका हुन्। 

National life

सबै क्षेत्रबाट सम्भावित उम्मेदवारको सिफारिस हुँदा एमाले उपाध्यक्ष अष्टलक्ष्मी शाक्य र दुई पटक निर्वाचन जितेका रामवीर मानन्धर भने अटाएका छैनन्। रघुजी पन्त र कृष्णगोपाल श्रेष्ठलगायत केन्द्रीय राजनीतिमा सक्रिय नेताहरू सिफारिसमा परेका छन्। काठमाडौं महानगरपालिकाका पूर्व मेयर विद्यासुन्दर शाक्यको नाम दुई क्षेत्रबाट सिफारिस भएको छ।

काठमाडौं-२ बाट मणिराम फुयाँल, काठमाडौं-३ बाट कृष्ण राई, काठमाडौं-५ ईश्वर पोखरेल र  काठमाडौं-८ बाट राजेश शाक्यको मात्र नाम सिफारिस भएको छ। 

यी हुन् काठमाडौंबाट सिफारिस एमालेबाट उम्मेदवार 

क्षेत्र नम्बर १ : विदुर मैनाली, रूपनारायण श्रेष्ठ, टीकाराम भट्टराई

Shivam cement

क्षेत्र नम्बर २ : मणिराम फुयाल

क्षेत्र नम्बर ३ : कृष्ण राई

क्षेत्र नम्बर ४ : डा.राजन भट्टराई, निर्मल कुइकेल

क्षेत्र नम्बर ५ : ईश्वर पोखरेल

क्षेत्र नम्बर ६ : योगेन्द्र संग्रौला, लेखनाथ फुयाँल, कल्पना रिजाल, प्रेमराज सिलवाल, माता प्रताप थापा, मीना थापा, हरिशरण तिमल्सिना

क्षेत्र नम्बर ७ : इन्दिरा पन्त, बीपी ढकाल, श्याम घिमिरे, विद्यासुन्दर शाक्य, रघुजी पन्त

क्षेत्र नम्बर ८ : राजेश शाक्य

क्षेत्र नम्बर ९ : कृष्णगोपाल श्रेष्ठ, विद्यासुन्दर शाक्य, अजय क्रान्ति शाक्य

क्षेत्र नम्बर १० : विनोद श्रेष्ठ, शरब महर्जन, रमेश महर्जन, सुरेन्द्र मानन्धर, शम्भुराम महर्जन

प्रकाशित: Aug 31, 2022| 18:12 बुधबार, भदौ १५, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...