सोमबार, फागुन १८, २०८२

एमबान स्पोर्टस मिट भदौ १७ देखि

नेपाल मर्चेन्ट बैँकर संघको संयोजकत्वमा टुगेदर फर हेल्दी लाइफस्टाइल नारासहित पहिलो पटक 'एमबान स्पोर्टस मिट २०२२' अन्तर्गत विभिन्न खेलकुद प्रतियोगिताहरु आयोजना गर्न लागिएको छ।
 |  बुधबार, भदौ १५, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, भदौ १५, २०७९

kumari

काठमाडौं- नेपाल मर्चेन्ट बैँकर संघको संयोजकत्वमा टुगेदर फर हेल्दी लाइफस्टाइल नारासहित पहिलो पटक 'एमबान स्पोर्टस मिट २०२२' अन्तर्गत विभिन्न खेलकुद प्रतियोगिताहरु आयोजना गर्न लागिएको छ।  प्रतियोगितामा नेपाल मर्चेन्ट बैंकर संघका सदस्य संस्थाहरु साथै नियमक निकाय तथा अन्य सरोकारवाला निकायहरु समेत सहभागी हुनेछन्।

उक्त प्रतियोगितामा फुटसल, टेबल टेनिस र ब्याटमिण्टनलाई विभिन्न बिधामा समावेश गरिएको छ। प्रतियोगितामा पुरुष तथा महिला बिधामा टेबल टेनिस र ब्याडमिण्टनका प्रतिस्पर्धाहरु हुनेछन् भने पुरुष बिधामा फुटसल समेत हुनेछ। सम्पूर्ण प्रतियोगिता राष्ट्रिय तथा अन्र्तराष्ट्रिय नियमहरुको अधिनमा रहि संचालन हुनेछन्।

सो कार्यक्रमको उद्घाटन सहित टेबल टेनिस र ब्याटमिण्टनका प्रतिस्पर्धा भाद्र १७ र १८ गतेका दिन भत्केको पुलमा अवस्थित धनवन्तरी फुटसलमा हुनेछन् भने फुटसल प्रतियोगिता समापनसहित भाद्र २४ र २५ गते चन्डोलमा अवस्थित ढुकु फुटसल हवमा आयोजना हुनेछन्।


प्रकाशित: Aug 31, 2022| 18:06 बुधबार, भदौ १५, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।