शनिबार, असोज १०, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • सामसङ ग्यालेक्सी ए१३ नेपाली बजारमा आउँदै, यस्ता छन् विशेषता

सामसङ ग्यालेक्सी ए१३ नेपाली बजारमा आउँदै, यस्ता छन् विशेषता

सामसङको ए सिरिजको नयाँ स्मार्टफोन नेपालमा सार्वजनिक हुने तयारी रहेको छ। सामसङ ग्यालेक्सी ए१३, सामसङको उच्च गुणस्तरको नवीनताबाट निर्मित फोन हो।
 |  बुधबार, भदौ १५, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, भदौ १५, २०७९

काठमाडौं- सामसङको ए सिरिजको नयाँ स्मार्टफोन नेपालमा सार्वजनिक हुने तयारी रहेको छ। सामसङ ग्यालेक्सी ए१३, सामसङको उच्च गुणस्तरको नवीनताबाट निर्मित फोन हो।  

सामसङ हरेक मूल्य बिन्दुमा उत्कृष्ट फोनहरू उपलब्ध गराउन प्रतिबद्ध रहेको र ग्यालेक्सी ए १३ ले लामो समयसम्म चल्ने ब्याट्री, सुन्दर ४ वोटा–लेन्स क्यामेरा र आकर्षक एज–टु–एज डिस्प्लेको साथ आउने कम्पनीले जनाएको छ।

यस्ता विभिन्न सुविधाहरूले ए१३ लाई कन्टेन्ट बनाउनेहरूका लागि र विशेष गरी नयाँ उदीयमान प्रतिभाहरूका लागि उपयुक्त स्मार्टफोन हुने कम्पनीले जनाएको छ।

यसमा रहेको शक्तिशाली मल्टि–क्यामेराले तस्विर र भिडियोहरू उत्कृष्ट क्वालिटीमा खिच्ने कम्पनीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ। यस फोनले टिकटक इडिटिङ पनि निकै सहज रुपमा गर्न सक्ने कम्पनीको दाबी छ।

प्रयोगकर्ताले आफ्नो फोनमा लोड हुने सबै डाटा र सबै फाइलहरूको सुरक्षाको लागि ग्यालेक्सी ए१३ सामसङको विशेष नक्स सेक्युरिटी सिस्टम रहेको कम्पनीले जनाएको छ।

ग्यालेक्सी ए१३ टिकटक कन्टेन्ट बनाउनेहरूका लागि उत्कृष्ट विकल्प हुनेछ जसले आफ्नो उत्कृष्ट टिकटक कन्टेन्टको लागि बजेट अनुकूल र सुविधाले भरिएको फोन हुने कम्पनीले उल्लेख गरेको छ।


प्रकाशित: Aug 31, 2022| 18:03 बुधबार, भदौ १५, २०७९
प्रतिक्रिया दिनुहोस्