शनिबार, जेठ ३०, २०८३

'भारत पुगेर देउवाको म्याउँम्याउँ, प्रचण्डको खासखुस'

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्ता गठबन्धनका नेता तथा प्रधानमन्त्री शेरबहादुर देउवाले भारत गएर ‘म्याउँम्याउँ’ गरेको टिप्पणी गरेका छन्।
 |  बुधबार, भदौ १५, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, भदौ १५, २०७९

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्ता गठबन्धनका नेता तथा प्रधानमन्त्री शेरबहादुर देउवाले भारत गएर ‘म्याउँम्याउँ’ गरेको टिप्पणी गरेका छन्। अर्को गठबन्धन दल नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भने भारत गएर खुसुखुसु गरेको ओलीले बताए।

National life

बुधबार कञ्चनपुरमा आयोजित पार्टीको कार्यक्रमलाई सम्बोधन गर्दै पूर्व प्रधानमन्त्रीसमेत रहेका ओलीले लिपुलेक र लिम्पियाधुरा नेपाली भूमि भए पनि सरकारले भारतसँग प्रष्ट भन्न नसकेको बताए। गठबन्धनले लिम्पियाधुरा र लिपुलेक आफ्नो भूमि भन्न नसकेर ‘समस्या’ भन्ने गरेको भन्दै उनले गठबन्धन राष्ट्रियता विरोधी भएको आरोप लगाए।

ओलीले भने, ‘प्रधानमन्त्री शेरबहादुर देउवा भारत भ्रमणमा जानुभयो। कसरी बोल्नुभयो? म्याउँम्याउँ गर्नुभयो। लिपुलेक, कालापानी फिर्ता देउ भन्नु पर्दैन? अर्को गठबन्धनको नेता जानुभो अलिपछि। उहाँले बोलेको त बाहिर सुनिने कुरै भएन। हामी यो पनि छोडिदिउँला, त्यो पनि छोडिदिउँला, केपी ओलीले सबै खाइदिने भो। खासखास, खुसखुस गर्दै प्राण बचाइदिनुपर्यो भन्नुभयो।’

गठबन्धनबारे आम नेपालीले बुझिसकेको भन्दै ओलीले जनतालाई ढाँटेर, छलेर र राज्यको ढुकुटी सिध्याएर एमसीसीलाई पत्र लेखेको बताए। एमालेले मात्रै देश जोगाउने भन्दै उनले गठबन्धन सरकार परमादेशबाट बनेकाले जनताका समस्या सुन्नै नसक्ने बताए। सरकारको कार्यक्षमता ध्वस्त रहेको भन्दै उनले यो सरकार मंसिर ४ पछि नरहने ठोकुवा गरे। ‘यो गठबन्धनलाई पछार्न एमालेलाई जिताउनुपर्छ। गठबन्धनले जित्यो भने देशले हार्छ। देशमा स्थायित्व र अमनचयन कायम गर्न एमालेको सरकार बनाउनुपर्छ,’ ओलीको तर्क छ।


प्रकाशित: Aug 31, 2022| 16:40 बुधबार, भदौ १५, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...