शुक्रबार, वैशाख २१, २०८१
  • गृहपृष्ठ
  • समाज
  • यी न्यायाधीश जसले भारतीयलाई नागरिकता दिने 'कीर्ते बा'लाई धरौटीमा छाडे

यी न्यायाधीश जसले भारतीयलाई नागरिकता दिने 'कीर्ते बा'लाई धरौटीमा छाडे

कीर्ते कागजात पेस गरी नागरिकता लिएका मनिषकुमार पुर्पक्षका लागि थुनामा रहेको अवस्थामा अदालतमा हाजिर भएका उनका 'कीर्ते बा' अजितकुमारलाई भने न्यायाधीश राउतले 'इन्कारी बयानका आधारमा’ धरौटीमा रिहा गरेका हुन्।
 |  बुधबार, भदौ १५, २०७९

काशीराम बजगाई

काशीराम बजगाई

बुधबार, भदौ १५, २०७९

काठमाडौं- नक्कली कागजात पेस गरी नेपाली नागरिकता लिने भारतीय व्यक्तिलाई पुर्पक्षका लागि थुनामा पठाउँदा सोही मुद्दा खेपिरहेका 'कीर्ते बा'लाई भने बारा जिल्ला अदालतले धरौटीमा रिहा गर्न आदेश जारी गरेको छ। भारत विहार घर भई बाराबाट दिदीका सासुससुरालाई नक्कली बाआमा बनाई वंशजका आधारमा नागरिकता लिने मनिषकुमार सिंहलाई अदालतले पुर्पक्षका लागि थुनामा पठाएको हो। 

triton college

तर सोही मुद्दामा 'कीर्ते बा' बनेका अजितकुमार रायलाई कानुनी छिद्र प्रयोग गरी १ लाख धरौटीमा पुर्पक्षका लागि तारेखमा छाडिएको छ। बितेको दुई महिनादेखि फरार रहेका अजितकुमार १३ भदौमा मुद्दा चलिरहेको बारा जिल्ला अदालतमा उपस्थित भएका थिए। सोही दिन अदालतमा बयान दिएका अजितकुमारलाई जिल्ला न्यायाधीश प्रकाश राउतले धरौटीमा छाड्न आदेश दिएपछि यो मुद्दा 'शंकास्पद मोड'मा पुगेको छ। 

कीर्ते कागजात पेस गरी नागरिकता लिएका मनिषकुमार पुर्पक्षका लागि थुनामा रहेको अवस्थामा अदालतमा हाजिर भएका उनका 'कीर्ते बा' अजितकुमारलाई भने न्यायाधीश राउतले 'इन्कारी बयानका आधारमा’ धरौटीमा रिहा गरेका हुन्। न्यायाधीश राउतले उनलाई धरौटीमा छाड्न दिएको आदेशमा आरोपीमाथि लागेका आरोपबारेका प्रमाण भने स्वीकार गरेका छन्।

घटना
जितपुर–सिमरा उपमहानगरपालिका–७ का अजितकुमार रायका जेठा छोरा अखिलकुमार सिंहले बिहार सरन चप्रा-११८ की सुमीकुमारी सिंहलाई बिहे गरेर नेपाल भित्र्याए। सुमीले वैवाहिक सम्बन्धको आधारमा अंगीकृत नेपाली नागरिकता लिइन्। बुहारीलाई अंगीकृत नागरिकता दिलाएसँगै अजितकुमारले झुटा प्रमाण बनाएर बुहारीका भाइ भारतीय नागरिक मनिषकुमारलाई वंशजका नागरिकता दिलाए।

मनिष भारतीय नागरिक ललन सिंहका छोरा हुन्। उतै व्यापार गरेर बस्ने ललनको काठमाडौंस्थित ठमेलमा पनि व्यापार/व्यवसाय थियो। २०४९ जेठ २ गते जन्मिएका मनिष बुवाको व्यापारकै सिलसिलामा काठमाडौंमै हुर्किए। यसरी अध्ययन तथा रोजगारीका लागि ६ महिनाभन्दा बढी समय नेपाल बस्ने भारतीय नागरिकले भारतीय दूतावासबाट रजिस्ट्रेसन सर्टिफिकेट लिनुपर्छ। नेपालमै बसोबास भएपछि दूतावासबाट ललनले छोरा मनिषका नाममा २०६१ चैत १५ (२८ मार्च २००५) मा रजिस्ट्रेसन सर्टिफिकेट लिए। त्यही सर्टिफिकेटको आधारमा मनिषले क्षेत्रपाटीमा रहेको सरस्वती बोर्डिङ उच्च माध्यामिक विद्यालयबाट २०६५ मा एसएलसी उत्तीर्ण गरे। त्यसपछि नेसनल स्कूल अफ साइन्स, लैनचौरबाट प्लस टू गरे भने सफ्टवेरिका कलेजबाट आइटी शिक्षा लिए।

corrent noodles
Metro Mart

प्रकाशित: Aug 31, 2022| 16:36 बुधबार, भदौ १५, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।