बिहीबार, साउन २१, २०८३

धादिङ–२ (क) बाट प्रदेश सांसदमा पत्रकार अधिकारी सिफारिस

नेपाली कांग्रेस धादिङ प्रदेश क्षेत्र २ (क) ले पत्रकार सरोज अधिकारीलाई प्रदेश सांसदको उम्मेदवार बनाउन माथिल्लो तहमा सिफारिस गरेको छ।
 |  बुधबार, भदौ १५, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, भदौ १५, २०७९

काठमाडौं– नेपाली कांग्रेस धादिङ प्रदेश क्षेत्र २ (क) ले पत्रकार सरोज अधिकारीलाई प्रदेश सांसदको उम्मेदवार बनाउन माथिल्लो तहमा सिफारिस गरेको छ।

आज बुधबार बसेको प्रदेश समिति र त्यस क्षेत्रका महाधिवेशन प्रतिनिधिहरूको बैठकले प्रदेश २ (क) मा प्रत्यक्ष निर्वाचन लड्न महाधिवेशन प्रतिनिधिसमेत रहेका अधिकारीलाई सिफारिस गरेको हो। 

लामो समय पत्रकारितामा रहेका अधिकारी पछिल्लो समय जिल्लाको विकास निर्माणका लागि क्रियाशील छन्। २०५७ सालमा नेपाल विधार्थी संघ नीलकण्ठ स्कुलको अध्यक्ष हुँदै राजनीति सुरू गरेका अधिकारी नेपाल प्रेस युनियनका पूर्व केन्द्रीय कोषाध्यक्ष हुन्।

पार्टीको १३ औं र १४ महाधिवेशनका उनी महाधिवेशन प्रतिनिधि पनि हुन्। अघिल्लो कार्यकाल र हालसमेत  प्रजातान्त्रिक विचार समाजको केन्द्रीय सदस्य रहेका अधिकारी पटक पटक कांग्रेसको केन्द्रीय प्रचार समितिमा रही काम गरिसकेका व्यक्ति हुन्। अधिकारीसहित झण्डै एक दर्जन नेताहरूले प्रदेशमा दाबी गरेका छन्।

प्रकाशित: Aug 31, 2022| 14:49 बुधबार, भदौ १५, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...