मंगलबार, जेठ १९, २०८३
  • गृहपृष्ठ
  • प्रदेश
  • सुदूरपश्चिम प्रदेशका भौतिक पूर्वाधार राज्यमन्त्री बर्खास्त

सुदूरपश्चिम प्रदेशका भौतिक पूर्वाधार राज्यमन्त्री बर्खास्त

सुदूरपश्चिम प्रदेश सरकारका भौतिक पूर्वाधार राज्यमन्त्री कुलवीर चौधरीलाई मन्त्रीबाट हटाइएको छ। चौधरी गत २५ चैत राज्यमन्त्री नियुक्त भएका थिए।
 |  बुधबार, भदौ १५, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, भदौ १५, २०७९

काठमाडौं– सुदूरपश्चिम प्रदेश सरकारका भौतिक पूर्वाधार राज्यमन्त्री कुलवीर चौधरीलाई मन्त्रीबाट हटाइएको छ। चौधरी गत २५ चैत राज्यमन्त्री नियुक्त भएका थिए।

National life

नेकपा एकीकृत समाजवादीको तर्फबाट राज्यमन्त्री बनेका चौधरीलाई पार्टी गतिविधिविपरीत काम गरेको आरोपमा पार्टीको सिफारिसमा मुख्यमन्त्री त्रिलोचन भट्टले पदमुक्त गरेका हुन्।

राज्यमन्त्री चौधरी नेकपा एमालेमा प्रवेश गर्न लागेपछि एसले उनलाई बर्खास्त गरेको हो। उनी आज नै पुनः एमालेमा फर्कन लागेका छन्।

प्रतिनिधिसभा सदस्य विना बुढाथोकी, नेकपा एकीकृत समाजवादीका निवर्तमान सुदूरपश्चिम अध्यक्ष विक्रम शाही, पूर्वमन्त्री तारा लामा तामाङ, वेदकोट नगरपालिकाका पूर्व मेयर अशोक चन्द, नेता वीरबहादुर बुढाथोकीलगायत नेता एकीकृत समाजवादी त्यागेर पुनः एमालेमा फर्कंदैछन्। 

उनीहरूलाई पार्टी प्रवेश गराउन एमाले अध्यक्ष केपी ओली कञ्चनपुर पुगेका छन्। माओवादी केन्द्रबाट पनि नेताहरु शंकर दत्त जोशी, मोहन गिरीलगायत एमाले प्रवेश गर्दैछन्।

Shivam cement

प्रकाशित: Aug 31, 2022| 14:42 बुधबार, भदौ १५, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।