सोमबार, फागुन १८, २०८२

युएस ओपनमा नाडालको विजयी सुरुआत

ग्रान्डस्लाभमा डेब्यु गरेका नाडालका प्रतिस्पर्धी रिन्की हिजीकाटालाई ४–६,६–२,६–३ र ६–३ सेटमा पराजित गरेका छन्।
 |  बुधबार, भदौ १५, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, भदौ १५, २०७९

काठमाडौं– तीन वर्षपछि युएस ओपनमा फर्किएका राफेल नाडालले विजयी सुरुआत गरेका छन्। न्युयोर्कमा भएको खेलको पहिलो सेट अप्रत्यासित रूपमा गुमाएका नाडालले त्यसपछिको खेलमा पुनरागमन गर्दै जित निकाल्न सफल भए। 

ग्रान्डस्लाभमा डेब्यु गरेका नाडालका प्रतिस्पर्धी रिन्की हिजीकाटालाई ४–६,६–२,६–३ र ६–३ सेटमा पराजित गरे। अब नाडालले दोस्रो चरणमा फाबियो फोगिनीसँग खेल्नेछन्।

जितपछि मिडियासँग कुरा गर्दै नाडालले केही समयका लागि आफू खेल्न नसक्ने हो कि जस्तो लागेको बताए। 

उनले भने, ‘म यहाँ नखेलेको पनि धेरै वर्ष भइसकेको थियो। त्यसैले मैले फर्कन सक्दिनँ कि भनेर सोचें। तर यहाँ आएर  पहिलो खेल जितें। यो मेरा लागि खुसीको कुरा हो। मैले पछिल्ला ५० दिनमा धेरै खेलेको छैन। त्यसैले मैले व्यवहारमा नम्र भएर सकारात्मक चीज निर्माण गर्ने प्रक्रियालाई स्वीकार गर्नुपर्छ। मैले म यहाँ मजा लिइरहेको छु र हरेक दिन सक्दो प्रयास गर्नेछु।’


प्रकाशित: Aug 31, 2022| 13:00 बुधबार, भदौ १५, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।