बुधबार, जेठ २७, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • महाभियोग सिफारिस समितिमा बयान दिन पुगे निलम्बित प्रधानन्यायाधीश राणा

महाभियोग सिफारिस समितिमा बयान दिन पुगे निलम्बित प्रधानन्यायाधीश राणा

महाभियोग लागेका निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणा संघीय संसद् सचिवालय सिंहदरबार पुगेका छन्। प्रतिनिधिसभाले गठन गरेको महाभियोग सिफारिस समितिमा बयान दिन उनी सिंहदरबार पुगेका हुन्।
 |  बुधबार, भदौ १५, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, भदौ १५, २०७९

काठमाडौं– महाभियोग लागेका निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणा संघीय संसद् सचिवालय सिंहदरबार पुगेका छन्। प्रतिनिधिसभाले गठन गरेको महाभियोग सिफारिस समितिमा बयान दिन उनी सिंहदरबार पुगेका हुन्। 

National life

राणाविरुद्ध महाभियोग प्रस्ताव दर्ता भएको ६ महिनापछि संसदीय समितिले उनीसँग आज बयान लिँदैछ। समितिले केही दिनअगाडि राणाविरुद्ध प्रमाण पेस गर्ने सार्वजनिक सूचना जारी गरेको थियो। संस्थागत रुपमा नेपाल बार एशोसिएसन, सर्वोच्च अदालत बार एशोसिएसन, पूर्व न्यायाधीश फोरमले आफूसँग भएका प्रमाण पेस गरेका छन्। व्यक्तिगत रुपमा चार वटा प्रमाण इमेलमार्फत समितिमा प्राप्त भएको बताइएको छ।

समितिले केही दिनअघि राणाविरुद्ध महाभियोग पुष्टि हुने प्रमाण भए उपलब्ध गराउन सार्वजनिक सूचना जारी गरेको थियो। २०७५ पुसमा प्रस्तावित प्रधानन्यायाधीशको रुपमा संसदीय समितिमा उपस्थित भएका राणा त्यसको करिब ३ वर्ष ८ महिनापछि पुनः संसदीय समितिमा बयानका लागि उपस्थित हुन लागेका छन्। 

राणाविरुद्ध गत फागुनमा महाभियोग प्रस्ताव संसदमा दर्ता भएको हो। 

प्रकाशित: Aug 31, 2022| 11:11 बुधबार, भदौ १५, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...