बिहीबार, साउन २१, २०८३

तनहुँ–२ बाट चुनाव लड्न प्रदीप पौडेलले दिए आवेदन

कांग्रेस क्षेत्रीय कार्यसमितिले चुनाव लड्न इच्छुकबाट आवेदन माग गरेकामा पौडेलले तनहुँ–२ स्थित प्रतिनिधिसभा क्षेत्रबाट चुनाव लड्न आवेदन दिएका हुन्।
 |  बुधबार, भदौ १५, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, भदौ १५, २०७९

काठमाडौं– नेपाली कांग्रेसका केन्द्रीय सदस्य  प्रदीप पौडेलले तनहुँ क्षेत्र नम्बर २ बाट चुनाव लड्न पार्टीमा आवेदन दिएका छन्। कांग्रेस क्षेत्रीय कार्यसमितिले चुनाव लड्न इच्छुकबाट आवेदन माग गरेकामा पौडेलले तनहुँ–२ स्थित प्रतिनिधिसभा क्षेत्रबाट चुनाव लड्न आवेदन दिएका हुन्।

यस्तै, तनहुँ–२ मै केन्द्रीय सदस्य ध्रुव वाग्ले र जिल्ला सभापति जितप्रकाश आलेले पनि उम्मेदवारीको आवेदन दिएका छन्। वाग्ले सभापति शेरबहादुर देउवा निकट हुन् पौडेल पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला निकट मानिन्छन्। उनी कांग्रेसको गत मंसिरमा भएको १४औं महाधिवेशनमा सभापति देउवाकै टिमबाट लडेर पराजित भएका थिए।

क्षेत्रीय कार्यसमितिले आवेदन संकलन गरी जिल्लामा पठाउने र जिल्ला कार्यसमितिले प्रदेश कार्यसमितिमा उम्मेदवारको नाम पठाउनेछ। कांग्रेसले प्रदेश कार्यसमितिलाई २० भदौभित्र रायसहित उम्मेदवारका नाम केन्द्रमा पठाउन निर्देशन दिएको थियो।


प्रकाशित: Aug 31, 2022| 10:51 बुधबार, भदौ १५, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...