बुधबार, वैशाख १९, २०८१

बागमती प्रदेशस्तरीय बक्सिङ छनोट सम्पन्न

मंगलबार काठमाडौंमा आयोजित छनोटबाट पुरुष १३ र महिला १० वटै तौल समूहमा छनोट सम्पन्न भएको हो।
 |  बुधबार, भदौ १५, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, भदौ १५, २०७९

काठमाडौं- आसन्न नवौ राष्ट्रिय खेलकुद प्रतियोगिता २०७९ को लागि बागमती प्रदेशस्तरिय बक्सिङ खेलमा बक्सिङ छनौट खेल सम्पन्न भएको छ। मंगलबार काठमाडौंमा आयोजित छनोटबाट पुरुष १३ र महिला १० वटै तौल समूहमा छनोट सम्पन्न भएको हो।

triton college

मंगलबार सम्पन्न फाईनल खेलहरुमा महिला ५० किलो तौल समुहतर्फ भक्तपुरका अस्मिता दुवालले काभ्रेकी प्रतिष्ठा अर्याललाई ३.२ को स्पिलिट डिसिजनको आधारमा पराजित गरिन्।

पुरुष ४८ किलो तौल समुहमा काठमाडौंका रविन थापाले काभ्रेका लक्ष्मण राईलाई युनानिमस डिसिजन ५.० को आधारमा पराजित गरे ५४ तौल समुहमा काठमाडौंका मदनकृष्ण डंगोलले मकवानपुरका सुदेस मानन्धरलाई ४.१ को स्पिलिट डिसिजनको आधारमा पराजित गरेका थिए।

पुरुष ६० किलो तौल समुहमा काठमाडौंका सुलभ मालीले काठमाडौंकै मार्शल गुरुङ्गलाई पराजित गरेका छन्। त्यस्तै  पुरुष ६३.५ किलो तौल समुहमा रसुवाका मौसम रानामगरले काठमाण्डौका मनिष श्रेष्ठलाई ५.० अंकको आधारमा पराजित गरे।

पुरुष ६७ किलो तौल समुहमा मकवानपुरका अमन श्रेष्ठले काठमाडौंका प्रशान्त तामाङलाई पराजित गरेका छन्। ७१ किलो तौल समुहमा काठमाडौंका प्रमोद राईले काठमाडौंकै कलिम खानलाई ५.० को आधारमा पराजित गरे। पुरुष ७५ किलो तौल समुहमा काभ्रेका विनिश राईले रामेछापका मनोज तामाङलाई युनानिमस डिसिजनको आधारमा पराजित गरे।

corrent noodles
Metro Mart

९२ किलो तौलमा काठमाडौंका शाहिल महर्जनले चितवनका विभान गुरुङलाई वाक ओभर दिए। ९२ केजी माथि तौल समुहमा काभ्रेका उज्जवलले ललितपुरका आसुतोस भण्डारीलाई एबीडीका आधारमा पराजित गरेका छन्।

बागमती प्रदेशबाट छनौट भएका खेलाडीहरुको अन्तिम नामावाली
पुरुष तर्फ

४८ किलो रविन थापा (काठमाण्डौ )

५१ किलो लाल प्रसाद उप्रेति (काभ्रे)

५४ किलो मदन कृष्ण डंगोल (काठमाण्डौ )

५७ किलो सुरज महर्जन (काठमाण्डौ)

६० किलो सुलभ माली (काठमाण्डौ)

६३.५ किलो मौसम रानामगर (रसुवा)

६७ किलो अमन श्रेष्ठ (मकवानपुर)

७१ किलो प्रमोद राई (काठमाण्डौ)

७५ किलो विनिस राई (काभ्रे)

८० किलो मोहन तामाङ (काठमाण्डौ)

 ८६ किलो सुजन बोहोरा (काठमाण्डौ

९२ किलो साहिल महर्जन (काठमाण्डौ)

९२ प्लस किलो उज्जवल बस्नेत (काभ्रे)

महिला तर्फ

४६ देखि ४८ किलो सुष्मा तामाङ्ग (काठमाण्डौ)

५० किलो अस्मिता दुवाल (भक्तपुर)

५२ किलो विविसा श्रेष्ठ (काभ्रे)

५४ किलो पेमा श्रेष्ठ (काभ्रे)

५७ किलो हेमा राई (काभ्रे)

६० किलो डेचेन शेर्पा (काभ्रे)

६३ किलो जेविका थापा (काभ्रे)

६६ किलो स्मृती श्रेष्ठ (काठमाण्डौ)

६९ किलो कबुना श्रेष्ठ (काठमाण्डौ)

७५ किलो निस्मा गुरुङ (काभ्रे)

प्रकाशित: Aug 31, 2022| 08:40 बुधबार, भदौ १५, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।
चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।
जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।
बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।