बुधबार, वैशाख १९, २०८१
  • गृहपृष्ठ
  • खेलकुद
  • रोमालाई शीर्षस्थानमा ल्याएका डिबालालाई माउरिन्होले भने- बाँकी गोल अर्को खेलमा गर्नु

रोमालाई शीर्षस्थानमा ल्याएका डिबालालाई माउरिन्होले भने- बाँकी गोल अर्को खेलमा गर्नु

लिगका सुरुआति चार खेलमा १० अंक जोड्दै रोमा लिगको शीर्षस्थानमा उक्लिएको हो। यस्तै रोमा सिरी एमा १० अंक बनाउने सिजनको पहिलो क्लब भएको छ।
 |  बुधबार, भदौ १५, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, भदौ १५, २०७९

काठमाडौं- मोन्जाविरुद्ध ३-० को सहज जित निकालेसँगै रोमा इटालियन शीर्ष डिभिजनको फुटबल सिरी एको शीर्षस्थानमा उक्लिएको छ।

triton college

लिगका सुरुआति चार खेलमा १० अंक जोड्दै रोमा लिगको शीर्षस्थानमा उक्लिएको हो। यस्तै रोमा सिरी एमा १० अंक बनाउने सिजनको पहिलो क्लब भएको छ। मंगलबार राति स्टेडियो ओलम्पिकोमा रोमालाई जित दिलाउन पाउलो ड्याबलाले दाहोरो गोल गरेका थिए।

डिबालालाई प्रशिक्षक माउरिन्होले खेलको ६६औं मिनेटमा प्रतिस्थापन गरेका थिए। प्रतिस्थापन भएपछि डिबालालले प्रशिक्षकलाई भने - बोस एक छिन खेलेको भए म अर्को गोल पनि गर्ने थिएँ नि।

उनको भनाइ सुनेर माउरिन्होले जवाफ फर्काए - बाकीँ गोल उडिनेसविरुद्ध गर्नु। अब रोमाले अर्को खेल उडिनेसविरुद्ध उसकै मैदानमा खेल्दैछ।

‘आजको राति डिबालाले निकै राम्रो प्रदर्शन गरेका छन्। तर हामी जहिल्यै स्ट्राइकरको कुरा गछौं, यहाा डिफेन्डर टामी अब्राहमले उत्कृष्ट प्रदर्शन गरेका छन्,’ खेलपछि रोमाका मूख्य प्रशिक्षक होसे माउरिन्होले भने, ‘यो रात ट्यामी फर्ममा थिए। उनले सबै बल जिते, आफूसँग राख्न सके अनि गोलका लागि बल निकाले।’

corrent noodles
Metro Mart

उनले खेलको १८औं र ३२औं मिनेटमा गोलगरेसँगै रोमाले पहिलो हाफमै दुई गोलको अग्रता बनाएको थियो। दोस्रो हाफमा रोजर इबान्जले एक गोल थपेका थिए।

‘म फ्यानको मार्कमा पर्न चहान्थेँ। आजको गोलसँगै घरेलु मैदानमा त्यो भएको,’ खेलपछि डिबालाले भनेका छन्, ‘यो रिजल्टले मलाई खुसी बनाएको छ।’

मंगलबार राति सम्पन्न भएको अर्को खेलमा इन्टर मिलानले सेरेमोनिसलाई ३–१ ले हराएको छ। त्यस्तै, ससुओलोले घरेलु मैदानमा साविक विजेता एसी मिलानलाई गोलरहित बराबरीमा रोकेको छ।

खेलमा इन्टर मिलानलाई जित दिलाउन जोआक्विन कोरिया, निकोलो ब्यारेला र लाउतारो मार्टिनेजले समान १–१ गोल गरेका थिए।

गएरातिको जितसँगै ९ अंक बनाएको इन्टर मिलना रोमाभन्दा एक स्थान पछि छ। बराबरीका बाबजुद ८ अंक बनाएको मिलान भने तालिकाको तेस्रो स्थानमा रहेको छ।

प्रकाशित: Aug 31, 2022| 08:30 बुधबार, भदौ १५, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।
चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।
जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।
बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।