शनिबार, मंसिर ६, २०८२

साउथह्याम्टनसँग चेल्सी पराजित, बराबरीमा रोकियो एभर्टन

इंग्लिस प्रिमियर लिग (ईपीएल) अन्तर्गत मंगलबार राति सम्पन्न खेलमा चेल्सीले साउथह्याम्टनसँग हार बेहोरेको छ। साउथह्याम्टनको मैदानमा सम्पन्न खेलमा घरेलु टिमले चेल्सीलाई २–१ ले हराएको हो।
 |  बुधबार, भदौ १५, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, भदौ १५, २०७९

काठमाडौं- इंग्लिस प्रिमियर लिग (ईपीएल) अन्तर्गत मंगलबार राति सम्पन्न खेलमा चेल्सीले साउथह्याम्टनसँग हार बेहोरेको छ। साउथह्याम्टनको मैदानमा सम्पन्न खेलमा घरेलु टिमले चेल्सीलाई २–१ ले हराएको हो।

National life

खेलको २३औं मिनेटमा रहिम स्टार्लिङले गोल गर्दै चेल्सीलाई अग्रता दिलाएका थिए। तर २८औं मिनेटमै साउथह्याम्टनले बराबरी गर्‍यो। खेलको पहिलो हाफको स्टपेजसमयमै साउथह्याम्टनका एडम आर्मस्ट्रङले गोल गरेपछि घरेलु टिमले अग्रता बनाएको थियो।

खेल अवधिभर ५४ प्रतिशत समय बलमा नियन्त्रण बनाउँदै विपक्षीको पोस्टमा १० अटेम्टप गरे पनि चेल्सीले अन्य गोल गर्न सकेन। यससँगै साउथह्याम्टनले जित निकालेको हो।

ईपीएलको गएरातिकै खेलमा क्रिस्टल प्यालेसले भने घरेलु मैदानमा ब्रेन्डफर्डसँग १–१ को बराबरी खेलेको छ। त्यस्तै, इल्यान्ड रोडमा सम्पन्न भएको खेलमा घरेलु टिम लिड्स युनाइटेडले एभर्टनलाई १–१ को बराबरीमा रोकेको हो।

मंगलबार राति फुटहामले घरेलु मैदानमा ब्राइटोनलाई २–१ ले हराएको छ। यो जितसँगै फुलहाम छैटौं स्थानमा उक्लिएको छ भने एभर्टन तीन अंकका १५औं स्थानमा छ।

Laxmi sunrise bank
kumari

हारका बाबजुद चेल्सी आठौं स्थानमा छ भने चेल्सीलाई हराएको साउथह्याम्टन चेल्सीभन्दा एक स्थान अघि रहेको छ।

प्रिमियरलिग अन्तर्गत बुधबार राति म्यानचेस्टर सिटीले नटम फरेस्टसँग खेल्नेछ भने आर्सनलले एस्टन भिल्लासँग खेल्नेछ। त्यस्तै, टोटेनहमले वेस्टह्यामको मैदानमा घरेलु टिमसँग खेल्नेछ।

एनलिफल्ड मैदानमा लिभरपुलले भने न्युकासलको सामना गर्ने भएको छ।

प्रकाशित: Aug 31, 2022| 07:29 बुधबार, भदौ १५, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।