बुटवल- नेकपा एकीकृत समाजवादीले रुपन्देहीबाट महासचिव बेदुराम भुसाल र उपमहासचिव डा. विजय पौडेललाई प्रतिनिधिसभामा सिफारिस गरेको छ। जिल्ला कमिटिको बैठकले भुसाल र पौडेललाई रुपन्देहीको निर्वाचन क्षेत्र न. १ बाट सिफारिस गरेको हो।
त्यसैगरी प्रतिनिसभाका लागि क्षेत्र न. १ बाट उमापती पाण्डेलाई सिफारिस गरेको छ। निर्वाचन क्षेत्र न. २ बाट पार्टीका केन्द्रीय सदस्य तथा रुपन्देही इन्चार्ज राजु गुरुङलाई एकल सिफारिस गरिएको छ। जिल्लाले प्रतिनिधिसभा र प्रदेशसभाका उम्मेदवार टुंगो लगाएर केन्द्रीय कमिटिमा सिफारिस गरेको छ।
त्यसैगरी प्रतिनिसधाका लागि रुपन्देहीको क्षेत्र न. ३ बाट उमादेवी काफ्ले, कमल भन्डारी, अविराम बिक र इन्द्रजित यादवलाई सिफारिस गरिएको पार्टीले जनाएको छ। त्यस्तै प्रतिनिधिसभातर्फ रुपन्देही क्षेत्र न. ४ बाट श्रीराम यादव, क्षेत्र न. ५ बाट कुलेन्द्र पुनलाई सिफारिस गरेको पार्टी अध्यक्ष अविराम विश्वकर्माले बताए।
समाजवादीले रुपन्देहीका-१० वटा प्रदेशसभा निर्वाचनतर्फ ३९ जनाको नाम सिफारिस गरेको छ। प्रदेश सभातर्फ १ को (क) तर्फ टंक पोख्रेल, सरस्वती पोख्रेल, रामधारी यादव, शुशिला भट्टराईलाई सिफारिस गरिएको छ। त्यस्तै १ (ख) बाट कृष्ण भूसाल, सरिता श्रीस, इन्द्रिजीत यादव, मालती अधिकारीलाई सिफारिस गरिएको छ। यसैगरि २ (क) तर्फ भगवती घिमिरे, यम पक्षाइ, गुप्त बहादुर केसी र राम बहादुर बिक, २ (ख) तर्फ पार्टीका केन्द्रीय सदस्य डा. बालकृष्ण चापागाईं, हिराध्वज शाह, सरिता श्रीस र जुद्द केसिलाई सिफारिस गरिएको छ।
त्यसैगरी सिफारिश हुनेहरुमा ३ (क) डा. ऋषिराम पाण्डे, सुवर्ण कुँवर, शार्दुल मयुर कशौधन, आनन्द प्रसाद गुप्ता, ३ (ख) का लागि गोपाल नेपाल, लिल बहादुर बिक, आशा थारु, थानेश्वर खरेल, ४ (क) का लागि अशोक शुक्ला, यादवेन्द्र शुकला, राममिलन मलाह, कपिलमणि यादव ४(ख)– श्रीराम यादव, दिनेश भुसाल, आनन्द प्रसाद गुप्ता छन्।
यस्तै ५ (क) महेश पंथी, अर्जुन ढकाल, राम बहादुर बिक, पार्वती पौडेल, ५ (ख) राजकुमार गुप्ता, सफिउर रहमान अन्सारी, मजहर कमाल, किस्मती यादव रहेको नेकपा –एस) रुपन्देहीले बताएको छ। पार्टीको केन्द्रीय सर्कलर अनुसार नामहरु सिफारिश गरिएको भएपनि गठबन्धनमा सिट बाँडफाँड पछि मात्रै आधिकारिक रुपमा उम्मेद्वारहरु तय हुने अध्यक्ष विश्वकर्माले बताए।