शनिबार, मंसिर ६, २०८२

ज्ञानेन्द्रको अर्धशतकमा केन्यालाई १७६ रनको लक्ष्य

टस जितेर पहिले ब्याटिङ गरेको नेपालले पूरा ओभर खेल्दै सात विकेट गुमाएर १७५ रन बनाएको हो।
 |  मंगलबार, भदौ १४, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, भदौ १४, २०७९

काठमाडौं- केन्यामा जारी टी-२० शृंखलामा नेपालले आयोजक केन्यालाई १७६ रनको लक्ष्य प्रस्तुत गरेको छ। पूर्वकप्तान ज्ञानेन्द्र मल्लले अर्धशतक प्रहार गरेको खेलमा नेपालले केन्यालाई विशाल रनको लक्ष्य प्रस्तुत गरेको हो।

National life

टस जितेर पहिले ब्याटिङ गरेको नेपालले पूरा ओभर खेल्दै सात विकेट गुमाएर १७५ रन बनाएको हो।

नेपालका लागि ओपनिङमा आर्जुन साउद र ज्ञानेन्द्र मल्लले ६५ रनको साझेदारी गरे। २१ बलमा २९ रन बनाएका अर्जुन भ्रज पटेलको बलबाट आउट भए। उनले चार चौका र एक छक्का प्रहार गरेका छन्। ज्ञानेन्द्रले ४४ बलमा ५९ रन बनाएका हुन्। ५ चौका वर्षाएका मल्लले २ छक्का समेत प्रहार गरे।

खेलमा दिपेन्द्र सिंह ऐरी र मल्लले ४० रनको साझेदारी गरेका थिए। जहाँ १२ ओभर ५ बलमा २२ रन बनाएका ऐरी पटेलकै बलमा आउट भएका थिए।

नेपालको लागि ठूलो रन जोड्ने क्रमा रोहित पौडेलले २५ बलमा ४७ रन जोडे। चौथो नम्बरमा ब्याटिङमा आएका रोहितले ७ चौका प्रहार गरेपनि अर्धशतक बनाउन भने तीन रनले चुके।

Laxmi sunrise bank
kumari

केन्याका लागि पटेल, नेहिमिहा ओधिअम्बो र शेम एनगाचेले समान २–२ विकेट लिए भने लुकास लोउचले एक विकेट गिराए।

शृंखलाका चार खेल सकिँदा सिरिज २-२ को बराबरी अवस्थामा छ। पहिलो र तेस्रो खेलमा जित निकाले पनि नेपालले दोस्रो र चौथो खेलमा हार बेहोरेको थियो। त्यसैले आजको खेलमा नेपालका सिरिजको निर्णायक खेल हुने भएको छ। आजको खेलमा जसले जित निकाल्छ त्यो टिमले नै सिरिज जित्नेछ।

नेपालले सिरिजको पहिलो खेलमा पाँच विकेटको जित निकालेको थियो भने दोस्रो खेलमा १८ रनको हार बेहोरेको थियो। त्यस्तै तेस्रो खेलमा चार विकेटको जित निकालेको नेपालले चौथो खेलमा ७ रनको हार बेहोरेको थियो।

नेपालले टी–२० सिरिजपछि केन्यासँग एक दिवसीय शृंखला पनि खेल्ने योजना रहेको छ।

प्रकाशित: Aug 30, 2022| 17:34 मंगलबार, भदौ १४, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।