सोमबार, फागुन १८, २०८२

टस जितेर पहिले ब्याटिङ गर्दै नेपाल

केन्या भ्रमणमा रहेको नेपाली क्रिकेट टिमले आजको खेलमा टस जितेर पहिले ब्याटिङ गर्ने भएको छ। सिरिजका सबै खेलमा सुरुमा फिल्डिङ गरेको नेपालले अन्तिम खेलमा पहिले ब्याटिङ रोजेको हो।
 |  मंगलबार, भदौ १४, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, भदौ १४, २०७९

काठमाडौं– केन्या भ्रमणमा रहेको नेपाली क्रिकेट टिमले आजको खेलमा टस जितेर पहिले ब्याटिङ गर्ने भएको छ। सिरिजका सबै खेलमा सुरुमा फिल्डिङ गरेको नेपालले अन्तिम खेलमा पहिले ब्याटिङ रोजेको हो।

चार खेल सकिँदा सिरिज २–२ को बराबरी अवस्थामा रहेको छ। पहिलो र तेस्रो खेलमा जित निकाले पनि नेपालले दोस्रो र चौथो खेलमा हार बेहोरेको थियो। त्यसैले आजको खेलमा नेपालका सिरिजको निर्णायक खेल हुने भएको छ। आजको खेलमा जसले जित निकाल्छ त्यो टिमले नै सिरिज जित्नेछ।

नेपालले सिरिजको पहिलो खेलमा पाँच विकेटको जित निकालेको थियो भने दोस्रो खेलमा १८ रनको हार बेहोरेको थियो। त्यस्तै तेस्रो खेलमा चार विकेटको जित निकालेको नेपालले चौथो खेलमा ७ रनको हार बेहोरेको थियो।

नेपालले टी २० सिरिजपछि केन्यासँग एक दिवसीय शृंखला पनि खेल्ने योजना रहेको छ।


प्रकाशित: Aug 30, 2022| 15:41 मंगलबार, भदौ १४, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।