शनिबार, मंसिर ६, २०८२

वर्नमाउथका प्रशिक्षक स्कट पार्कर बर्खास्त

इंग्लिस क्लब वर्नमाउथले मुख्य प्रशिक्षक स्कट पार्करलाई बर्खास्त गरेको छ। क्लबले मंगलबार पार्करलाई मुख्य प्रशिक्षकबाट बर्खास्त गरेको हो।
 |  मंगलबार, भदौ १४, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, भदौ १४, २०७९

National life
Laxmi sunrise bank
kumari

काठमाडौं– इंग्लिस क्लब वर्नमाउथले मुख्य प्रशिक्षक स्कट पार्करलाई बर्खास्त गरेको छ। क्लबले मंगलबार पार्करलाई मुख्य प्रशिक्षकबाट बर्खास्त गरेको हो। 

पार्कर चालू सिजनमा बर्खास्त हुने पहिलो प्रशिक्षक बनेका छन्। शनिबार लिभरपुलविरुद्ध ९–० को पराजय भोगेपछि क्लबले पार्करलाई बिदा गरेको हो। ४१ वर्षीय पार्कर २०२१ मा वर्नमाउथको प्रशिक्षक बनेका थिए। २०२०–२१ को सिजनमा वर्नमाउथ शिर्ष डिभिजनबाट रेलिगेसनमा परेको थियो। पार्करकै नेतृत्वमा वर्नमाउथ यस सिजन पुनः प्रिमियर लिगमा फर्किएको थियो। 

क्लबका मालिक मेक्सिम डेमिनले भनेका छन्, ‘म उनले क्लबका लागि दिएको समय र उनले गरेको प्रयासप्रति आभार व्यक्त गर्न चाहन्छु। गत सिजनमा क्लब प्रिमियर लिगमा प्रमोसन भएको थियो। म यो सिजनलाई हाम्रो इतिहासको सबैभन्दा सफल सिजनका रुपमा स्मरण गर्छु। हामी नयाँ प्रशिक्षकको खोजी तत्काल गर्नेछौं।’ क्बलले ग्यारी ओनिललाई अन्तरिम प्रशिक्षकको जिम्मेवारी दिएको छ।

प्रकाशित: Aug 30, 2022| 14:25 मंगलबार, भदौ १४, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।