शनिबार, मंसिर २३, २०८०

बढ्दै 'प्रकाश'को डिमान्ड, शो थप्दै मल्टीप्लेक्स

चलचित्रको व्यापारमा 'अफ डे' मानिने आइतबार र सोमबार पनि चलचित्रको अकुपेन्सी उल्लेख्य रहेको भन्दै मंगलबारबाट चलचित्रको शो थपिएको हो।
 |  मंगलबार, भदौ १४, २०७९
averest bankaverest bank

नेपाल समय

नेपाल समय

मंगलबार, भदौ १४, २०७९

काठमाडौं- चलचित्र 'प्रकाश'को व्यापार बढ्दै गएपछि मल्टीप्लेक्सहरुले पूर्व निर्धारित शोमा वृद्धि गरेका छन्। चलचित्रको व्यापारमा 'अफ डे' मानिने आइतबार र सोमबार पनि चलचित्रको अकुपेन्सी उल्लेख्य रहेको भन्दै मंगलबारबाट चलचित्रको शो थपिएको हो। मंगलबार परेको हरितालिका तिजलाई समेत ध्यानमा राखेर मल्टीप्लेक्सहरुले शो थपेको बुझिएको छ।

sagarmatha cement

माउथ पब्लिसिटीमा अब्बल साबित भएको 'प्रकाश'का लागि क्यूएफएक्स च्यानलले दुई शो थप गर्दै २८ शो उपलब्ध गराएको छ भने बिग मुभिजले पनि दुई शो थप गर्दै चार शो उपलब्ध गराएको छ। यस्तै बिश्वज्योति सिनेप्लेक्सले पाँच शो, वान सिनेमाले आठ शो उपलब्ध गराएको छ। यस्तै बिएसआर, एफक्यूव, आइएनआई सिनेमा लगायतका मल्टीप्लेक्सहरुले पनि चलचित्रको शो थप गरेका छन्।

माउथ पब्लिसिटी बलियो हुँदा हलमा दर्शकहरूको संख्या दिनदिनै बढिरहेको निर्माण टिमले जनाएको छ। दर्शकको डिमान्ड बढेकै कारण हलहरूले शो थप गरेको निर्माण टिमको भनाई छ। यति बेला सामाजिक सञ्जाल 'प्रकाश'मय बनिरहेको छ। बौद्धिक जमात देखि आम सर्वसाधारण सम्मले 'प्रकाश' हेर्न सिफारिस गरिरहेका छन्। दर्शकको प्रतिक्रिया राम्रो हुँदा चलचित्रको व्यापार आगामी दिनमा अझ बढ्ने निर्माता महेन्द्र अधिकारीको विश्वास छ। 

दिनेश राउतको निर्देशन रहेको चलचित्रमा प्रदीप खड्का, दिया मास्के, रेनु योगी, प्रकाश घिमिरे, नीरज पन्थी, गोविन्द सुनुवार, रामबाबु रेग्मी, लोकेन्द्र लेखक, दिपेन्द्र शाहीलगायतका कलाकारको अभिनय रहेको छ। विकास सुबेदीको लेखन रहेको चलचित्रमा राजेश श्रेष्ठको छायाङ्कन, जीवन थापाको सम्पादन, सुवास भुसाल, दीपक शर्मा, तारा प्रकाश लिम्बु र एलिस कार्कीको संगीत, उत्तम न्यौपानेको साउन्ड डिजाइन र शैलेश श्रेष्ठको पाश्र्व संगीत रहेको छ।

प्रकाशित: Aug 30, 2022| 10:21 मंगलबार, भदौ १४, २०७९
kumari bankkumari bank
Everest bankEverest bank
nepali patronepali patro
प्रतिक्रिया दिनुहोस्

थप समाचार

वसन्त चौधरीको 'हृदयमा बलेको साहित्यको आगो'

वसन्त चौधरीको 'हृदयमा बलेको साहित्यको आगो'

हृदयमा कति आगो बलेको छ भन्ने कुरा हृदयमै चिहाएर हेर्न र बाहिरी ओठको मात्र नभएर भित्री खुसी खोजेर खबर सम्प्रेषण गर्न अर्थात् छाप्न पत्रकारहरूलाई नै...
पोखरामा चिनाइँदै जनकपुरको मिथिला संस्कृति

पोखरामा चिनाइँदै जनकपुरको मिथिला संस्कृति

जनकपुरको धार्मिक, ऐतिहासिक, पौराणिक मिथिला संस्कृतिलाई पोखरेलीसामु ल्याउन प्रदर्शनी गर्न लागिएको हो।
थिमिमा कुभिण्डे जात्रा मनाइयो

थिमिमा कुभिण्डे जात्रा मनाइयो

कुभिण्डे जात्रामा फूलपातीका दिन सिद्धिकाली मन्दिरबाट फूलपातील्याई तलेजू दसैंघरमा भित्र्यापछि नवमीका दिन राँगो र बोकाको टाउको बलि दिने परम्परा रहिआएको छ।
वरिष्ठ गायिका दिलमाया खातीको निधन

वरिष्ठ गायिका दिलमाया खातीको निधन

करिब डेढ सय बढी नेपाली गीत गाएकी उनको ८४ वर्षको उमेरमा गए राती निधन भएको हो।
६ दशकपछि सम्झिइएका टेकवीर मुखिया 

६ दशकपछि सम्झिइएका टेकवीर मुखिया 

जसले इन्द्रबहादुर राईदेखि भूपि शेरचन, लक्ष्मीप्रसाद देवकोटादेखि वीपी कोइराला र पारिजातसम्मका कृतिहरुको आवरण चित्र बनाएर अक्षरलाई कलाको माध्यमबाट मुखरित गरिदिए।