आइतबार, वैशाख १६, २०८१

राजनीतिक सुरक्षाको प्रचण्ड-अस्त्र : घुर्की र धम्की!

राजनीतिक विश्लेषक डम्बर चेम्जोङका अनुसार आत्मविश्वास गुमाएपछि वा आफ्नो राजनीतिको असुरक्षा महसुस भएपछि प्रचण्डले ‘अन्टसन्ट’ अभिव्यक्ति दिने र छिनभरमै आफ्नै कुरालाई आफैँ खण्डन गर्छन्।
 |  मंगलबार, भदौ १४, २०७९

कौशल काफ्ले

कौशल काफ्ले

मंगलबार, भदौ १४, २०७९

काठमाडौं- नेपाली राजनीतिमा नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले अस्थिर नेताको परिचय बनाएका छन्। आफ्नो स्वभाव अस्थिर भएको कुरा प्रचण्ड आफैँ पनि स्वीकार्छन्। दलले प्राप्त गर्ने र हात पार्ने सिट संख्याका कारण नेपालको संसदीय राजनीतिमा उनी निर्णायक बन्दै आएका छन्। माओवादी शान्ति प्रक्रिया आएपछि पहिलो पटक चुनावी प्रक्रियाबाट ठूलो दल बनेपछि फेरि त्यो अवसर उनी/उनको दललाई प्राप्त हुन सकेको छैन। तेस्रो शक्तिमा नै सीमित भएपनि राजनीतिमा उनको भूमिकामा ठूलो असर गरेको छैन। 

triton college

संसदीय राजनीतिमा निर्णायक भइरहनका लागि प्रचण्डले सिद्धान्त र निष्ठाको राजनीति बिर्सिएका छन्। वर्तमान राजनीतिक प्रणालीमा कहीँ न कहीँ भूमिका खोजिरहने उनले अँगाल्ने नीति पनि फरक परेका हुन्। दोस्रो संविधान सभाको निर्वाचनपछि तेस्रो शक्तिमा सीमित भएपछि उनले बेलाबेला धम्की, बेलाबेला आफ्नै घुर्की र बेलाबेला आफ्नै ज्यानको असुरक्षालगायतका कारण देखिएर पनि उनी आफूतर्फ मानिसहरूको ध्यान खिचिरहेका हुन्छन्। 

राजनीतिक विश्लेषक डम्बर चेम्जोङका अनुसार आत्मविश्वास गुमाएपछि वा आफ्नो राजनीतिको असुरक्षा महसुस भएपछि प्रचण्डले ‘अन्टसन्ट’ अभिव्यक्ति दिने र छिनभरमै आफ्नै कुरालाई आफैँ खण्डन गर्छन्। 

२०७३ साल साउन १९ गते संसदमा छलफलको क्रममा बोल्दै उनले आफ्नो स्वभाव अस्थिर भएको बताएका थिए। ‘म अलि अस्थिर स्वभावको मान्छे। यो स्वभावले मलाई कमजोर पनि बनाउँछ। तर, म अलि अस्थिर नभएको भए के हुन्थ्यो होला? मेरो अस्थिरपनाले देश र जनताको लागि केही क्षति भएको भएपनि यो गतिशीलता भएको मैले बुझेको छु,' प्रचण्डको दाबी थियो। 

६ वर्षअघि नै आफू अस्थिर भएको कुरा पहिचान गरी सार्वजनिक गरेका प्रचण्डले आफूलाई सुधार गर्ने प्रयत्न गरेका छैनन्। सम्भवत: उनले आफूलाई सुधार गर्ने पनि छैनन्। किनभने उनले आफ्नो अस्थिरतालाई नै गतिशीलता भनेर अर्थ्याउने गरेका छन्। गतिशील हुनुलाई प्रगतिशील भनेर अर्थ्याइदिएपछि प्रायशः कम्युनिस्ट पार्टी र त्यसमा पनि प्रचण्डको एकल कमान्ड भएको माओवादी नेताहरुले उक्त व्याख्यामाथि प्रश्न उठाउनुपर्ने आवश्यकता देखेका छैनन्। प्रचण्डले यो सुविधाको उपयोग गरिरहेका छन्। 

corrent noodles
Metro Mart

प्रचण्ड अध्यक्ष रहेको दल माओवादी केन्द्र सत्तागठबन्धनको दोस्रो ठूलो हिस्सेदार हो। प्रचण्डका अभिव्यक्ति र उनको अस्थिर स्वभावका कारण गठबन्धनको पहिलो शक्ति कांग्रेसले उनलाई मजाले विश्वास गर्न सकेको छैन। २०७४ मा सत्ता सहयात्रा गरिरहेको आफूलाई त्यागेर तत्कालीन प्रमुख प्रतिपक्षी एमालेसँग गठबन्धन बनाएर चुनावमा होमिने निर्णय गरेका कारण पनि प्रचण्डमाथि हालका प्रधानमन्त्री देउवाले सधैँ शंकाको व्यवहार गरिरहेका छन्। प्रचण्ड अझै ढुलमुलिन सक्ने र एमालेसँग पुनः तालमेल गर्न सक्ने सम्भावना नसकिएकाले कांग्रेसमा एक किसिमको भय पनि सिर्जना गरेको छ। यो भयको सुविधा प्रचण्ड लिन चाहन्छन्। त्यसैकारण गठबन्धनका साझेदारहरूलाई उनी समय सन्दर्भ मिलाएर धम्की र घुर्कीका अभिव्यक्ति दिइरहन्छन्। 

प्रकाशित: Aug 30, 2022| 08:11 मंगलबार, भदौ १४, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...