शनिबार, जेठ २, २०८३
  • गृहपृष्ठ
  • समाज
  • राजदूत शर्माले भेटे भारतीय गृहमन्त्री, द्विपक्षीय सम्बन्धबारे छलफल

राजदूत शर्माले भेटे भारतीय गृहमन्त्री, द्विपक्षीय सम्बन्धबारे छलफल

भारतका लागि नेपाली राजदूत शंकर शर्माले भारतीय गृहमन्त्री अमित शाहसँग शिष्टाचार भेट गरेका छन्। नयाँदिल्लीस्थित भारतीय गृह मन्त्रालय पुगेर राजदूत शर्माले सोमबार भेटवार्ता गरेका हुन्।
 |  सोमबार, भदौ १३, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, भदौ १३, २०७९

काठमाडौं- भारतका लागि नेपाली राजदूत शंकर शर्माले भारतीय गृहमन्त्री अमित शाहसँग शिष्टाचार भेट गरेका छन्। नयाँदिल्लीस्थित भारतीय गृह मन्त्रालय पुगेर राजदूत शर्माले सोमबार भेटवार्ता गरेका हुन्। 

National life

भारतीय गृहमन्त्रीसँगको भेटमा समग्र नेपाल-भारतबीको सम्बन्धबारे छलफल भएको नयाँ दिल्लीस्थित नेपाली दूतावासले जानकारी दिएको छ। दूतावासका अनुसार भेटका क्रममा भारत सरकारको सहयोगमा सञ्चालनमा रहेका परियोजनाहरूको प्रगतिबारे पनि छलफल भएको थियो।

नेपाल-भारत मामिलामा थाती रहेका विषयहरू छिटो टुंग्याउनेबारे दुबै पक्षबीच छलफल भएको र छलफल निकै सकारात्मक र फलदायी भएको पनि राजदूत शर्माले जनाएका छन्। पछिल्लो समय भारतको अग्‍निपथ योजनाका विषयमा नेपाल-भारतबीच मतभेट बढिरहेको समयमा राजदूत शर्माले गृहमन्त्रीसँग गरेको भेटलाई अर्थपूर्णरुपमा हेरिएको छ। 

गृहमन्त्री शाह भारतीय सत्तारुढ दल भाजपाका प्रभावशाली नेतासमेत हुन्।

गत वैशाख २८ गते राजदूत शर्माले तत्कालीन भारतीय राष्ट्रपति रामनाथ कोविन्दसामु ओहदाको प्रमाणपत्र बुझाएका थिए। राजदूत शर्माले त्यसयता भारत सरकारका विभिन्‍न विभागीय मन्त्रीहरूलाई भेटेका छन्।

विदेशमन्त्री एस जयंशकरसँग अनौपचारिक रूपमा र अन्य मन्त्रीहरूसँग औपचारिक भेटघाट गरेका छन्। यसअघि राजदूत शर्माले अर्थमन्त्री निर्मला सीतारमण, सडक परिवहन तथा राजमार्गमन्त्री नितिन गडकरी, जलशक्तिमन्त्री गजेन्द्रसिंह शेखावतलगायतसँग भेटेका थिए। त्यस्तै उनले भारतीय स्थल सेनाध्यक्ष मनोज पाण्डेसँग पनि भेटघाट गरेका थिए। 

पाण्डे यही भदौ १९ गते नेपाल भ्रमणमा आउने भएका छन्। राष्ट्रपति विद्यादेवी भण्डारीले भारतीय सेनाध्यक्ष पाण्डेलाई 'मानार्थ प्रधानसेनापति'को उपाधि दिने कार्यक्रम छ।


प्रकाशित: Aug 29, 2022| 21:08 सोमबार, भदौ १३, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।