शुक्रबार, मंसिर १२, २०८२

माओवादी केन्द्र गोरखाको संयोजकमा भट्ट

पार्टीको गण्डकी प्रदेश समितिको पाँचौँ पूर्ण बैठकले भट्टलाई जिल्ला संयोजकमा चयन गरेको पार्टीका वैकल्पिक केन्द्रीय सदस्य लेखबहादुर थापामगरले जानकारी दिए। गण्डकी प्रदेश समितिको सदस्य रहेका भट्ट यसअघि पार्टीको गोरखा जिल्ला समितिको उपाध्यक्ष थिए।
 |  सोमबार, भदौ १३, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, भदौ १३, २०७९

काठमाडौं- नेकपा माओवादी केन्द्र गोरखाको संयोजक विष्णुप्रसाद भट्ट चयन भएका छन्। पार्टीको गण्डकी प्रदेश समितिको पाँचौँ पूर्ण बैठकले भट्टलाई जिल्ला संयोजकमा चयन गरेको पार्टीका वैकल्पिक केन्द्रीय सदस्य लेखबहादुर थापामगरले जानकारी दिए। गण्डकी प्रदेश समितिको सदस्य रहेका भट्ट यसअघि पार्टीको गोरखा जिल्ला समितिको उपाध्यक्ष थिए।

National life

जिल्ला समन्वय समितिको सचिवमा दीपक तिमेल्सिना (साकार) नाम प्रस्ताव गरिएको उनले जानकारी दिए। उक्त प्रस्तावलाई जिल्ला समन्वय समितिको बैठकबाट अनुमोदन गरिने केन्द्रीय सदस्य थापामगरले बताए। बैठकले गोरखा क्षेत्र नम्बर १ प्रतिनिधिसभा निर्वाचन क्षेत्रको इन्चार्जमा अमर तुम र प्रदेशसभाअन्तर्गत १ (क) को इन्चार्जमा लेखबहादुर थापा, १ (ख) को इन्चार्जमा सुशीला सिंखडालाई चयन गरेको छ।

प्रतिनिधिसभा गोरखा क्षेत्र नम्बर २ को इन्चार्जमा परशुराम रम्तेल, प्रदेशसभा २ (क) को इन्चार्जमा कमला नहर्की, सहइन्चार्जमा पम्फा बसेल र २ (ख) को इन्चार्जमा दीपक देवकोटा र सहइन्चार्जमा भगवती तिवारीलाई चयन गरिएको केन्द्रीय सदस्य थापाले जानकारी दिए। 

गोरखा नगरपालिकाको इञ्चार्जमा धना तमु, पालुङटार नगरपालिकाको इञ्चार्जमा विवश चिन्तन, गण्डकी गाउँपालिकाको इञ्चार्जमा दीपक तिमिल्सिना, सहिद लखन थापा गाउँपालिकाको इञ्चार्जमा कृष्णबहादुर चेपाङ, भिमसेन थापा गाउँपालिकाको इञ्चार्जमा लोकप्रसाद बन्जरा (अक्कल) लाई चयन गरेको छ।

सिरानचोक गाउँपालिकाको इन्चार्जमा पूर्णकुमारी कँडेल, आरुघाट गाउँपालिकाको इन्चार्जमा श्यामकुमार श्रेष्ठलाई चयन गरिएको पार्टीको जिल्ला संयोजक विष्णु भट्टले जानकारी दिए। धार्चे गाउँपालिकाको इन्चार्जमा छमबहादुर गुरुङ, चुमनुब्री गाउँपालिकाको इन्चार्जमा निमा लामा, बारपाक सुलिकोटको इन्चार्जमा धामी बराम, अजिरकोट गाउँपालिकाको इन्चार्जमा अनिता भुजेललाई चयन गरिएको उनको जानकारी दिए।

Laxmi sunrise bank
kumari

प्रकाशित: Aug 29, 2022| 22:20 सोमबार, भदौ १३, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।