बुधबार, माघ २३, २०८१

Siddartha premir insuranceSiddartha premir insurance

५१ प्रतिशत भोटको कमान्ड गर्न सक्ने कांग्रेस किन बनाउन सकेनौं?

नेपालको राजनीतिमा खाली प्रयोग मात्रै गरिरहन हुँदैन। राजनीतिक स्थिरता नभएकाले विकास हुन सकेको छैन। संविधानलाई कार्यान्वयन गर्दै राजनीतिक स्थिरता कायम गरेर विकासतर्फ अघि बढ्नुपर्छ।
 |  सोमबार, भदौ १३, २०७९

रामचन्द्र पौडेल

रामचन्द्र पौडेल

सोमबार, भदौ १३, २०७९

ntc landingntc landing

हाम्रो संविधान सम्झौताको दस्तावेज हो। संविधान सभामा माओवादी, मधेशी दल, राजावादी सबै दल थिए। ६ वर्षसम्म माथापच्छी गरेपछि सम्झौतामा आएको भएपनि संविधानमा कांग्रेसले लोकतन्त्रका मूल्यमान्यतालाई समेट्न सकेको छ। 

himalayan bank box

विश्वमा लोकतन्त्र नै उत्तम व्यवस्था हो भन्ने कुरा संविधानले ग्यारेन्टी गरेको छ। जनताको मागअनुसार समावेशिताको सिद्धान्तसमेत अवलम्बन गरेको छ। त्यसैले यो संविधानलाई कार्यान्वयन गर्दै नेपालको वास्तविकतामा आधारित विकासलाई सोच्न सक्नुपर्छ।

गठबन्धन अहिलेको व्यवहारिक आवश्यकता हो। कांग्रेसले माओवादीसँग गठबन्धन नगर्ने हो भने एमाले र माओवादीबीच गठबन्धन हुन्छ। हामीले नगरे अर्कोले गर्छ। कांग्रेसले पहिले आफूलाई टिकाउनुपर्छ। पहिले कांग्रेसले आफूलाई सम्हाल्नुपर्छ, यसका लागि गठबन्धन आवश्यक छ। कांग्रेसले एक्लै लडेर जित्ने अवस्था छैन। माओवादीसँग गठबन्धन गर्नुहुँदैन भने के हामीले आफैं लडेर जित्ने पार्टी बनायौं त? हामीले अहिलेसम्म जति काम गरेका छौँ, त्यो कामबाट जनता सन्तुष्ट भएर ५१ प्रतिशत भोट दिएका छन् त? कम्तीमा ५१ प्रतिशत भोटको कमान्ड गर्न सक्ने कांग्रेस छ त? त्यसैले गठबन्धन गर्नै पर्ने आवश्यकता छ। 

नेपालको राजनीतिमा खाली प्रयोग मात्रै गरिरहन हुँदैन। राजनीतिक स्थिरता नभएकाले विकास हुन सकेको छैन। संविधानलाई कार्यान्वयन गर्दै राजनीतिक स्थिरता कायम गरेर विकासतर्फ अघि बढ्नुपर्छ। 

म तनहुँ निर्वाचन क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा चुनावी मैदानमा छु। देशमा नैतिकता र सुशासनको खडेरी परेको छ। यसमा केही भूमिका खेल्न चाहेको हुँ मैले। यसका लागि जनताको म्यान्डेट आवश्यक परेकोले म जनताको म्यान्डेट लिन तनहुँबाट उम्मेदवार बन्न चाहेको हो। मर्नुअगाडि केही गरेर मरौँ भन्ने ईच्छा छ। केही गर्न सकिन्छ कि भनेर चुनाव लड्न खोजेको छ। 

नेपालको राजनीतिमा खाली प्रयोग मात्रै गरिरहन हुँदैन। राजनीतिक स्थिरता नभएकाले विकास हुन सकेको छैन। संविधानलाई कार्यान्वयन गर्दै राजनीतिक स्थिरता कायम गरेर विकासतर्फ अघि बढ्नुपर्छ। 

आसन्न चुनावमा सबै निर्वाचन क्षेत्रमा कांग्रेसको चुनाव चिन्ह हुनुपर्छ। मैले पहिलेदेखि अरु पार्टीलाई पनि भनेको छु। नेपाली कांग्रेस एउटा ठूलो पार्टी हो। १६५ वटा निर्वाचन क्षेत्रमा कुनै न कुनै रुपमा रुख चिन्ह त्यहाँ हुनुपर्छ। चाहे त्यो संघीय सांसदको लागि होस् वा प्रदेश संसदको लागि होस्। त्यसो भएपछि सबै जना भोट हाल्न जान्छन्। कांग्रेसले आफ्नो समानुपातिकको भोट जोगाउनका लागि र गठबन्धनलाई बलियो बनाउन र भोट साटासाट गर्नका लागि पनि सबै निर्वाचन क्षेत्रमा रुख चुनाव चिन्ह हुनुपर्छ। 

हामी भारत र चीन दुई ठूला अर्थतन्त्र भएका मुलुकको बीचमा छौँ। हामीले भारत र चीनसँग प्रतिस्पर्धा गर्न सक्ने अवस्थामा छैनौँ। त्यसैले उनीहरुसँगको प्रतिस्पर्धालाई हामीले छल्न पर्छ। हामीले भारत र चीनसँग प्रतुस्पर्धा नहुने उत्पादन गरेर हामीले निर्यातलाई बढाउनुपर्छ। अन्यथा हामी आयात मात्र गर्ने अवस्थामा पुग्छौँ। हामीले के के निर्यात गर्न सक्छौँ? ती वस्तुको निर्यातबाट विदेशी मुद्राको सञ्चय कसरी गर्न सकिन्छ भन्ने कुरालाई हामीले सोच्नु पर्छ। 

नेपाललाई समृद्ध बनाउनका लागि सबैभन्दा महत्वपूर्ण कुरा सुशासन हो। सुशासन पक्षमा सबैले वकालत गर्न जरुरी भएको छ। सुशासन दिनका लागि नैतिक शक्ति चाहिन्छ। नैतिक शक्ति नहुँदा सुशासन दिन सकिँदैन। नैतिक शक्ति जोसँग हुन्छ त्यसले मात्र भ्रष्टाचार, विसंगति, बेथितिविरुद्ध आक्रमक हुन सक्छ। नेपालको दुर्भाग्य नै भनौँ, सुशासन दिनुपर्ने नै कुशासनमा डुबेका हुन्छ। यसो हुँदा सुशासन नारामा मात्र सीमित हुन्छ। फेरि सत्ता र शक्तिमा यस्तै यस्ताको बहुमत र हाबी हुने गरेको छ। आफूलाई विकृत हुनबाट जोगाएर देशलाई बनाउछु भन्नेहरु पाखा परेका छन्। नेपालको राजनीतिमा यो सबैभन्दा ठूलो विडम्बना नै हो। 

राष्ट्रका समस्यालाई हल गरेर मुलुकलाई अगाडि बढाउनका लागि लोकप्रिय नारा र भावनात्मक कुराका पछाडि लागेर मात्र सम्भव छैन। लोकप्रिय नाराका पछि त हामी सबै लाग्छौँ। तर यथार्थमा यो कति व्यवहारिक हुन्छ। यो हामीले सोचेका हुँदैनौँ। लोकप्रिय नाराभन्दा व्यवहारिक सोच आवश्यक छ।  

अहिले मिडियाभन्दा पनि सोसल मिडिया बढी शक्तिशाली देखिन्छ। सोसल मिडियाले वास्तविकता एकातिर मान्छेको दिमाग अर्कैतिर मिडिरहेको छ। 

मिडियाले मिसगाइड गर्‍यो भने दुर्घटना गराउँछ। अहिले मिडियाभन्दा पनि सोसल मिडिया बढी शक्तिशाली देखिन्छ। सोसल मिडियाले वास्तविकता एकातिर मान्छेको दिमाग अर्कैतिर मिडिरहेको छ। मिडिया सचेत नहुँदा हृतिक रोशन काण्ड धेरै हुन्छन्। त्यो त एउटा उदाहरण हो। हल्लैहल्लामा यस्ता घटना भएका छन्। हल्लैहल्लाले मुलुक दुर्घटनामा पुग्नबाट जोगाउनका लागि मिडियाको भूमिका ठूलो छ। देश सम्हाल्ने जिम्मा मिडियाको पनि हातमा छ। मात्रै सूचना दिएर मात्र मिडियाले हुँदैन। मिडियालाई 'पपुलर' बनाउने मात्र भनेर जिम्मेवारीबाट अलग हुनुहुँदैन। आफ्नो मिडियालाई पपुलर बनाउने भन्दा पनि आफ्नो जिम्मेवारी बहन गरेर मुलुकलाई जोगाउन लाग्नुपर्छ। 

अहिले मुलुक कुन अवस्थामा छ? पृथ्वीनारायण शाहले त्यो बेलामा नै नेपाल दुई ढुंगाबीचको तरुल भनेका थिए। अहिले त्योभन्दा डरलाग्दो अवस्थामा हामी छौँ। भारत र चीन दुई ठूला शक्ति त छन् नै। विश्वका शक्तिराष्ट्रको लडाईमा पनि कसरी जोगिने भन्ने चुनौती पनि छ। विश्वका शक्तिराष्ट्र केही न केही देखाएर हामीलाई आफ्नो पक्षमा तान्ने पक्षमा देखिन्छन्। उनीहरू हामीलाई कुनै न कुनै बहानामा प्रयोग गर्ने खतरा छ। यतिबेला हामी कसरी जोगिने भन्ने छ। यो अवस्थामा पनि देशलाई जोगाउन मिडिया सचेत हुनुपर्‍यो। खबरदारी गर्न पर्‍यो।  

भर्खरै कुलमान घिसिङले एउटा विज्ञप्ति निकाले जलविद्युत आयोजना बनाउँदा नै महङ्गो हुन थाल्यो भनेर। हामीले जे बेच्ने हो त्यही महङ्गो भएपछि हामीले के गर्ने? विद्युत आयोजना निर्माणको लागत नै महङ्गो भएपछि महङ्गोमा कसले किन्ने? तनहुँमा नै भएको हाइड्रो छ। तनहुँका जनतालाई मैले यस्तो आयोजना रोक्ने भन्दा आयोजना आउन दिऔँ भने। 

जग्गा अतिक्रमणलगायतका काम गर्दा पनि सहज बनाउन पर्‍यो। जग्गाको मूल्य दिँदा वास्तविक मूल्य दिऔँ। हामी राजनीतिक दलले भने भनौँ, वास्तविक मूल्य लिएर यस्ता आयोजना बनाऔं। राजनीतिक पार्टीका नेताकार्यकर्ताले पनि यस्ता काममा नागरिकलाई नउचालौँ। यस्ता आयोजना बनेपछि हामीलाई दीर्घकालीन फाइदा हुन्छ भनेर। राज्यले पनि अलि हस्तक्षेपकारी भूमिका निर्वाह गर्न आवश्यक छ। यस्ता आयोजना बनाउँदा पनि सुशासन आवश्यक छ। सुशासन भएपछि यस्ता आयोजना सस्तोमा बन्छन्। सुशासनलाई प्रथामिकतामा राख्न सकियो भने मुलुकको आर्थिक समृद्धि प्राप्त हुन्छ। आर्थिक समृद्धिको बाटो समातियौ भने मात्र राष्ट्रियता जोगिन्छ। 

(सोमबार राजधानीमा सम्पादकहरूसँगको अन्तर्क्रियामा कांग्रेस नेता रामचन्द्र पौडेलले राखेको धारणाको सम्पादित अंश)

प्रकाशित: Aug 29, 2022| 20:05 सोमबार, भदौ १३, २०७९
citizen insidecitizen inside
प्रतिक्रिया दिनुहोस्

थप समाचार

सहकारीमा सुशासन र स्वनियमन

सहकारीमा सुशासन र स्वनियमन

सहकारीलाई व्यवस्थित, मर्यादित र प्रभावकारी रुपमा सञ्चालन गराउनेतर्फ सबै उत्तिकै जिम्मेवार हुन जरुरी छ। भविष्यमा पनि यस्ता समस्या दोहोरिन नदिन सरकार, सहकारी र निजी क्षेत्रले...
पुँजीवादको चास्नीमा डुबेर दुब्लाएको माओवादी

पुँजीवादको चास्नीमा डुबेर दुब्लाएको माओवादी

माओवादी नेतामा विकसित व्यक्तिवादी मनोविज्ञानले उनीहरूलाई गणेश बनाएको छ। उनीहरू गाउँमा गएर कार्यकर्ता तथा जनतासँग घुलमिल गर्नु भन्दा पनि प्रचण्डलाई महादेव मानेर परिक्रमा लगाउन तल्लिन...
उग्र राष्ट्रवादले 'फ्रिज' बनेको नेपाल-भारत सम्बन्ध र प्रचण्ड सरकारको कार्यभार

उग्र राष्ट्रवादले 'फ्रिज' बनेको नेपाल-भारत सम्बन्ध र प्रचण्ड सरकारको कार्यभार

'नेबरहुड फर्स्ट' को नीति लिएको भारतले नेपालसँग 'विशेष सम्बन्ध' रहेको सार्वजनिक स्वीकार्यको विषय नै बनेको छ। यद्यपि बेलाबेला नेपाल-भारत सम्बन्धमा निकै ठूला उतारचढावहरु पनि आउने...
सपना देख्न सिकाउने 'मैले नदेखेको सपना'

सपना देख्न सिकाउने 'मैले नदेखेको सपना'

गिरीको पुस्तकमा गाउँबेसीको महक छ अनि सहरको चमकधमक पनि। पुस्तकमार्फत् उनी  बारम्बार गाउँ पुग्छन् र त्यहाँको सुन्दरतासँगै रुढि, अज्ञानता अनि अशिक्षा पनि देखाउँछन्।
अंक र अनुहारमा अल्झेको समावेशीकरण

अंक र अनुहारमा अल्झेको समावेशीकरण

प्राविधिक पक्षलाई ध्यान दिएर संख्या परिपूर्ति गर्दा पनि केही न केही लाभ सिमान्तकृत तथा पिछडिएको वर्ग, समुदाय र लिंगलाई हुन्छ नै तर जुन गतिमा उनीहरुको...