शनिबार, मंसिर ६, २०८२

मध्यम लक्ष्य पछ्याउन नसक्दा नेपाल पराजित

खेलमा नेपालविरुद्ध टस जितेको केन्याले पहिले ब्याटिङ गर्दै १०१ रन बनाएको थियो। पूरा २० ओभर खेलेको केन्याले सम्पूर्ण १० विकेट गुमाउँदै १०१ रन बनाएको हो। त्यसपछि नेपालले जितका लागि १०२ रन बनाउनु पर्ने भए पनि सिरिजको चौथो खेलमा पूरा ओभर खेल्दै ९ विकेट गुमाएर ९४ रनमा समेटियो।
 |  सोमबार, भदौ १३, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, भदौ १३, २०७९

काठमाडौं- केन्याविरुद्धको टी-२० सिरिजको चौथो खेलमा नेपाल ७ रनले पराजित भएको छ। खेलमा नेपालविरुद्ध टस जितेको केन्याले पहिले ब्याटिङ गर्दै १०१ रन बनाएको थियो। पूरा २० ओभर खेलेको केन्याले सम्पूर्ण १० विकेट गुमाउँदै १०१ रन बनाएको हो।

National life

त्यसपछि नेपालले जितका लागि १०२ रन बनाउनु पर्ने भए पनि सिरिजको चौथो खेलमा पूरा ओभर खेल्दै ९ विकेट गुमाएर ९४ रनमा समेटियो।

नेपालविरुद्ध केन्याका राकेप पटेलले तीन विकेट लिए भने इलिज ओतिइनो, सेम एकओची र भ्रज पटेलले समान २–२ विकेट लिए।

रोहित पौडेलबाहेक नेपाली ब्याट्सम्यान ले राम्रो प्रदर्शन गर्न सकेनन्। रोहितले ५५ बलमा दुई चौका र दुई छक्कासहित ४७ रन बनाए भने बाँकी खेलाडीले जोर अंकमा रन बनाउन सकेनन्। नेपालले सर्वाधिक धेरै १५७ रनको लक्ष्य पछ्याएको भोलिपल्ट नै त्यहि टिमसँग ९४ रनमा समेटिएको हो।

पहिलो पारीमा नेपाली टिमका कप्ता सन्दिप लामिछानेले सर्वाधिक पाँच विकेट लिए भने मोहम्मद आदिल आलमले दुई विकेट लिए। शाहब आलम र दिपेन्द्र सिंह ऐरीले समान १–१ विकेट गिराए। नेपालविरुद्ध केन्याका लुकास ओलुओचले ३३ र कोलिन्स ओबुयाले २० रन बनाएका थिए। अन्य खेलाडीले भने सम्झनलायक रन बनाउन सकेनन्। 

Laxmi sunrise bank
kumari

पहिलो खेलमा जित निकालेको नेपालले दोस्रो खेलमा १८ रनको हार बेहोरेको थियो। तेस्रो खेलमा भने नेपालले चार विकेटको जित निकालेको थियो। चौथो खेलमा नेपालले हार बेहोरे पछि सिरिज २–२ को बराबरी भएको छ।

सिरिजको अन्तिम खेल मंगलबार हुनेछ। सो खेलमा जित निकाल्ने टिमले सिरिज जित्‍नेछ।

प्रकाशित: Aug 29, 2022| 19:16 सोमबार, भदौ १३, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।