शनिबार, मंसिर ६, २०८२
  • गृहपृष्ठ
  • खेलकुद
  • निलम्बनमा परेका अमलुताइरी मैदान छिरेपछि एएफसीले गर्‍यो जरीवाना

निलम्बनमा परेका अमलुताइरी मैदान छिरेपछि एएफसीले गर्‍यो जरीवाना

एसियाली फुटबल कन्फेडेरेसन (एएफसी) ले अखिल नेपाल फुटबल संघ (एन्फा) लाई ७ हजार अमेरिकी डलर जरिवाना गराएको छ।
 |  सोमबार, भदौ १३, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, भदौ १३, २०७९

काठमाडौं- एसियाली फुटबल कन्फेडेरेसन (एएफसी) ले अखिल नेपाल फुटबल संघ (एन्फा) लाई ७ हजार अमेरिकी डलर जरीवाना गराएको छ।

National life

नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरी दुई पहेँलो कार्ड बोहेरेर सस्पेन्ड भएको अवस्थामा पनि मैदानमा र ड्रेसिङ रुममा छिरेको भन्दै एएफसीले सात हजार अमेरिकी डलर जरीवाना गराएको हो।

एएफसीको अनुशासन तथा इथिक्स कमिटीको पछिल्लो बैठकका अनुसार अनुशासन र इथिक्स विधानको ३४.१ र ३४.३ धाराका आधारमा अलमुताइरीलाई कारबाही गरिएको हो।

‘ अखिल नेपाल फुटबल संघलाई एएफसी प्रतियोगिता सञ्चालन नियमावलीको धारा ३।२ उल्लङ्घन गरेकोमा एक हजार अमेरिकी डलर जरीवाना तिर्न आदेश दिइएको छ।’ एएफसीले पहिलो सूचनामा लेखेको छ।

त्यस्तै एएफसीको दोस्रो सूचनामा भनिएको छ, ‘अखिल नेपाल फुटबल संघले एएफसी एसियन कप २०२३ को प्रतियोगिता नियमावलीको धारा २१.१ उल्लंघन गरेको भन्दै ६ हजार अमेरिकी डलर जरीवाना तिर्न आदेश दिएको छ।’

Laxmi sunrise bank
kumari

यस्तै प्रावधानअन्तर्गतका कामहरु पुन: दाहोर्‍याएमा थप कडा सजाय हुन सक्ने  भन्दै एएफसीले सजग रहन चेतावनी दिएको छ। सूचनामा लेखिकएको छ, 'यस निर्णयको अनुच्छेद १ मा उल्लेख गरिएको जरीवानाको निलम्बन नगरिएको अंश (अर्थात २५० अमेरिको डलर एएफसी अनुशासन र आचार संहिताको धारा ११.३ बमोजिम यो निर्णय सूचित भएको मितिबाट ९० दिन भित्र तिर्नु पर्नेछ।’

उनले जोर्डन र कुवेतविरुद्धको खेलमा पहेँलो कार्ड पाएपछि इन्डोनेसियाविरुद्धको खेलमा प्रतिबन्धमा रहेका थिए। इन्डोनेसियाविरुद्धको खेलको पहिलो हाफमा ढिलो मैदान प्रवेश गरेको भन्दै एएफसीले एक हजार डलर जरीवाना गरेको हो।


प्रकाशित: Aug 29, 2022| 18:40 सोमबार, भदौ १३, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।