शनिबार, मंसिर ६, २०८२

ऐनमै खेलाडीलाई पुरस्कार सुनिश्चित गरेका छौं : मन्त्री अथक

युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज (अथक) ऐनमै खेलाडीको सम्मान तथा पुरस्कार राशि सुनिश्चित गरिएको बताएका छन्।
 |  सोमबार, भदौ १३, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, भदौ १३, २०७९

कोहलपुर- युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज (अथक) ऐनमै खेलाडीको सम्मान तथा पुरस्कार राशि सुनिश्चित गरिएको बताएका छन्। युवा तथा खेलकुद मन्त्रालयले खेलाडी पुरस्कार तथा सम्मान कार्यविधि संशोधन गरेसँगै खेलकुद नियमावलीमै गाभेर पुरस्कार कार्यविधि लागू गर्न लागेको मन्त्री अथकले जानकारी दिए।

National life

राष्ट्रिय तेक्वान्दो संघले शुक्रबारदेखी बाँकेको कोहलपुरमा सञ्चालन गरेको दुई दिने प्रशिक्षक अभिमुखीकरण कार्यक्रमको उद्घाटन गर्दै मन्त्री अथकले पुरस्कार कार्यविधि मार्फत सरकारले खेलाडीहरूको पुरस्कार तथा सम्मान रकम सुनिश्चित गरेको बताए। 

राष्ट्रको लागि आफ्नो जीवनको ऊर्जावान् समय खर्च गर्ने खेलाडीलाई राज्यले उचित सम्मान दिन नसकेको महसुस गरेर नै पुरस्कार कार्यविधि लागू गर्न लागिएको बताउँदै मन्त्री अथकले खेलाडीलाई थप हौसला तथा प्रोत्साहनको खाँचो रहेको उल्लेख गरे। 

'हामीले ऐन मार्फत खेलाडीहरूको पुरस्कार राशि सुनिश्चित गरेका छौं,' मन्त्री अथकले भने, 'अब ओलम्पिकमा स्वर्ण पदक जित्ने खेलाडीले पुरस्कार स्वरूप १ करोड ३० लाख रकम प्राप्त गर्नेछन्। यसले खेलाडीको वृत्ति विकासका साथै राष्ट्रको पहिचान स्थापित गर्नमा समेत ठुलो मद्दत मिल्नेछ।'

उनले एसियाली खेलकुद, साग र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकुदका विभिन्न प्रतिस्पर्धामा पदक विजेता तथा कीर्तिमान बनाउन सफल खेलाडीहरूलाई विधागत रूपमा पुरस्कारको व्यवस्था गरिएको बताए। 

Laxmi sunrise bank
kumari

नेपाली खेलाडीहरू हरेक किसिमका खेल खेल्न सक्षम भए पनि उनीहरूलाई हौसलाको कमी रहेको उल्लेख गर्दै मन्त्री अथकले भने, 'नेपाली खेलाडीहरू आफैमा साहसी र सक्षम छन्, उनीहरूको हौसला बढाउन जरुरी छ।'

मन्त्री अथकले पोखरामा हुन गइरहेको नवौं राष्ट्रिय खेलकुदमा केन्द्रित हुन खेलाडीलाई आग्रह समेत गरे।

नवौं राष्ट्रिय खेलकुदलाई लक्षित गरी तेक्वान्दो प्रशिक्षकहरूलाई अन्तर्राष्ट्रिय नियममा भएका परिवर्तनका बारेमा जानकारी दिने उद्देश्यले प्रशिक्षक अभिमुखीकरण कार्यक्रम सञ्चालन गरिएको कार्यक्रमका सभापति तथा राष्ट्रिय तेक्वान्दो संघका केन्द्रीय सदस्य बुद्धि थापाले जानकारी दिए। कार्यक्रममा तेक्वान्दोका राष्ट्रिय देखि प्रदेश स्तरीय रेफ्री तथा प्रशिक्षकको सहभागिता रहेको थियो।

प्रकाशित: Aug 29, 2022| 09:49 सोमबार, भदौ १३, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।