शनिबार, मंसिर ६, २०८२

केनको दोहोरो गोलमा टोटेनहम विजयी

ह्यारी केनले दोहोरो गोल गरेपछि इंग्लिस प्रिमियर लिग(ईपीएल) मा आइरतबार राति टोटेनहम हट्स्परले जित निकालेको छ।
 |  सोमबार, भदौ १३, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, भदौ १३, २०७९

काठमाडौं- ह्यारी केनले दोहोरो गोल गरेपछि इंग्लिस प्रिमियर लिग(ईपीएल) मा आइरतबार राति टोटेनहम हट्स्परले जित निकालेको छ। नटम फरेस्टको सिटी ग्राउन्डमा सम्पन्न खेलमा टोटेनहमले २-० को जित निकालेको हो।

National life

खेलमा टोटेनहमका ह्यारी केनले पाँचौँ र ८१औं मिनेटमा गोल गरेका थिए। यता खेलमा ५६ प्रतिशत समय बलमा नियन्त्रण बनाए पनि नटम फरेस्टले गोल गर्न भने सकेन।

गएरातिको जितसपछि टोटेनहम तालिकाको तेस्रो स्थानमा पुगेको छ। उसले चार खेलबाट १० अंक बनाएको हो। लिगको शीर्षस्थानमा रहेका आर्सनलले मात्र चार खेलबाट पुरा अंक बटुलेको छ।

गएरातिकै अर्को खेलमा भने वेस्टह्यामले एस्टन भिल्लामाथि १-० जित दर्ता गरेको छ। त्यस्तै, उल्भरह्याम्टनको मैदानमा सम्पन्न खेलमा भने न्युकासलले घरेलु टिमसँग १-१ को बराबरी खेलेको छ।

प्रकाशित: Aug 29, 2022| 08:40 सोमबार, भदौ १३, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।