मंगलबार, वैशाख १५, २०८३

ला लिगामा रियल मड्रिड र बार्सिलोनाको विजय

स्पेनिस शीर्ष डिभिजनको फुटबल ला लिगामा आइतबार राति बार्सिलोनाले भालाडोलिडविरुद्ध ४-० को फराकिलो जित निकालेको छ।
 |  सोमबार, भदौ १३, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, भदौ १३, २०७९

काठमाडौं- स्पेनिस शीर्ष डिभिजनको फुटबल ला लिगामा आइतबार राति बार्सिलोनाले भालाडोलिडविरुद्ध ४-० को फराकिलो जित निकालेको छ। बार्सिलोनाको क्याम्प नोउ मैदानमा सम्पन्न खेलमा उसले सानदार जित निकालेको हो।

National life

बार्सिलोनालाई जित दिलाउन रोबर्ट लेवान्डोस्कीले दुई गोल गरे भने पेड्री र सर्जी रोबर्टौले समान १-१ गोल गरे। जहाँ डेम्बेलेले दुई एसिस्ट गरे भने गोलका लागि राफिन्हाले पनि एक पास उपलब्ध गराएका थिए।

आइतबार रातिकै अर्को खेलमा भने रियल मड्रिडले एस्पानोयललाई ३-१ ले हराएको छ। एस्पानोयलकै मैदानमा सम्पन्न भएको खेलमा रियलका लागि केरिम बेञ्जिमाले दुई गोल गरे भने भिनिसियस जुनियरले पनि एक गोल गरेका थिए।

भिनिसियसले खेलको १२औं मिनेटमा गोल गर्दै खेलमा अग्रता बनाएको थियो। पहिलो हाफकै दुई मिनेट बाँकी रहँदा एस्पानोयलका जोसेलुले बराबरी गोल फर्काएका थिए। तर खेलको ८८औं मिनेट र अन्तिम मिनेटमा गोल गर्दै रियलले जित निकालेको हो।

अन्तिमका दुवै गोल बेञ्जिमाले गरेका थिए। यो जितसँगै रियल मड्रिड तालिकाको शीर्षस्थानमा छ। उसले तीन खेलबाट ९ अंक जोडेको हो। त्यस्तै, सात अंक बनाएको बार्सिलोना भने तालिकाको तेस्रो स्थानमा छ।

kumari

पराजित भालाडोलिड रेलिगेसन क्षेत्रमा र एस्पानोयल १६औं स्थानमा छ।

प्रकाशित: Aug 29, 2022| 07:55 सोमबार, भदौ १३, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।