शनिबार, मंसिर ६, २०८२

नेयमारको गोलमा हारबाट जोगियो पीएसजी

नेयमारको गोलमा पेरिस सेन्ट जर्मेन पीएसजी मोनाकोसँग हारबाट जोगिएको छ। पीएसजीकै पार्क डेस प्रिन्सेस रंगशालामा सम्पन्न खेलमा पीएसजीले बराबरी खेल्दै हार टारेको हो।
 |  सोमबार, भदौ १३, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, भदौ १३, २०७९

National life
Laxmi sunrise bank
kumari

काठमाडौं- नेयमारको गोलमा पेरिस सेन्ट जर्मेन पीएसजी मोनाकोसँग हारबाट जोगिएको छ। पीएसजीकै पार्क डेस प्रिन्सेस रंगशालामा सम्पन्न खेलमा पीएसजीले बराबरी खेल्दै हार टारेको हो।

अलेक्जेन्डर गोलोविनले दिएको पासलाई सदुपयोग गर्दै केभिन भोल्लान्डले गोल गरेका थिए। त्यो गोलसँगै २० औं मिनेटमै मोनाकोले पीएसजीलाई पछि पारेको थियो। तर खेलको ६७ औं मिनेटमा पीएसजीका डिफेन्डर रामोसले पेनाल्टी जितेका थिए।

पेनाल्टीमा नोयमारले गोल गरेसँगै पीएसजीले बराबरी गरेका हुन्। यो बराबरीसँगै चार खेलबाट १० अंक बनाएको पीएएसजी शीर्षस्थानमा कायम छ। मोनाको भने पाँच अंकका साथ १२औं स्थानमा छ। गएराति नै सम्पन्न भएको खेलमा मार्सेले निसलाई ३-० ले हराएको छ।

प्रकाशित: Aug 29, 2022| 07:45 सोमबार, भदौ १३, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।