शनिबार, मंसिर ६, २०८२
  • गृहपृष्ठ
  • खेलकुद
  • टी-२० मा सर्वाधिक ठूलो योगफलसँगै केन्याविरुद्ध नेपालको दोस्रो जित

टी-२० मा सर्वाधिक ठूलो योगफलसँगै केन्याविरुद्ध नेपालको दोस्रो जित

नेपाल र केन्याबीच भइरहेको टी-२० सिरिजमा नेपालले अहिलेसम्मकै ठूलो योगफल बनाएर जित निकालेको छ। खेलमा १५७ रनको लक्ष्य पाएको नेपालले १९ ओभर तीन बलमा पूरा गर्दै चार विकेटको जित निकालेको हो।
 |  आइतबार, भदौ १२, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, भदौ १२, २०७९

काठमाडौं- नेपाल र केन्याबीच भइरहेको टी-२० सिरिजमा नेपालले अहिलेसम्मकै ठूलो योगफल बनाएर जित निकालेको छ। खेलमा १५७ रनको लक्ष्य पाएको नेपालले १९ ओभर तीन बलमा पूरा गर्दै चार विकेटको जित निकालेको हो।

National life

टस जितेर पहिले ब्याटिङ रोजेको केन्याले पूरा ओभर खेल्दै दुई विकेट गुमाएर १५६ रन बनाएको थियो। जवाफमा नेपालले ५ विकेट गुमाएर १५७ रनको लक्ष्य पूरा गरेको हो। यसअघि नेपालको सर्वाधिक योगफल १५२ रन रहेको थियो। नेपालले सन् २०१९ मा सिंगापुरविरुद्ध उक्त जित निकालेको थियो। अब अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालले सबभन्दा ठूलो लक्ष्य पछ्याएर जित निकालेको नयाँ कीर्तिमान कायम भएको छ।

पहिलो पारीमा नेपालका लागि सोमपाल कामी र आदिल अन्सारीले एक एक विकेट लिए। चार ओभर बलिङ गरेका सन्दीप लामिछानेले ४२ रन दिएर विकेटविहीन रहे। त्यस्तै, दिपेन्द्र सिंह ऐरी ३ ओभर बलिङ गर्दै ३१ रन दिएर विकेटविहीन रहे।

आइतबारको खेलमा नेपालका युवा विकेट किपर अर्जुन साउदले राष्ट्रिय टिमबाट डेब्यु गरेका छन्। नेपालविरुद्ध केन्याका लागि राकिप पटेल र इरफान पटेलले अर्धशतक बनाए। पाँच सिरिजको खेलमा नेपालले केन्यालाई २–१ ले उछिनेको छ। पहिलो खेलमा जित निकाले पनि दोस्रो खेलमा हार बेहोरेको नेपालले तेस्रो खेलमा जित निकालेको हो।


Laxmi sunrise bank
kumari

जवाफमा नेपालका ज्ञानेन्द्र मल्लले ५६ रनको योगदान दिँदै प्लेयर अफ दि म्याच चुनिए। त्यस्तै, डेब्यु गरेका अर्जुन साउँदले  ३५ रन बनाउँदा रोहित पौडेलले पनि २९ रन जोडे।

त्यस्तै, पवन सर्राफले २० रन र आदिल अन्सारीले १६ रनको योगदान दिए। दिपेन्द्र सिंह ऐरी भने ६ रनमा नै आउट भए। नेपालविरुद्ध केन्याका भिराज पटेल र युगिनी ओचिनले समान २–२ विकेट लिए भने १–१ विकेट लिनेमा  इमानुएल बुन्डी र कोलिन्स रहे।

नेपालले केन्याविरुद्ध चौथो खेल सोमबार खेल्नेछ। सो खेलमा जित निकाल्न सके सिरिज नेपालको हुनेछ। पाँच खेलको सिरिजको अन्तिम खेल भने आउँदो मंगलबार(भदौ १४ गते) हुनेछ। नेपालको प्लेइङ ११ मा सन्दीप लामिछाने, रोहित पौडेल, अर्जुन साउद, आरिफ शेख, दीपेन्द्रसिंह ऐरी, आदिल अन्सारी, करण केसी, ज्ञानेन्द्र मल्ल, सोमपाल कामी, साहब आलम र पवन सराफ  छन्।


 

प्रकाशित: Aug 28, 2022| 20:17 आइतबार, भदौ १२, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।