मंगलबार, वैशाख १५, २०८३

तुलसी र रिताको जोडीलाई स्वर्ण पदक

राखेपको त्रिपुरेश्वरस्थित कभर्डहलमा प्रतियोगितामा सुजन खतिवडा र विमला जोशीको जोडीलाई हराउँदै तुलसी र रिताले उपाधि जितेका हुन्। प्रतियोगितामा प्रजापति दाहाल र रुका गिरी तथा धर्मराज ओझा र रिता चौलागाईंको जोडी तेश्रो भए।
 |  आइतबार, भदौ १२, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, भदौ १२, २०७९

National life
kumari

काठमाडौं- तुलसी महर्जन र रिता प्रजापतिको जोडीले राष्ट्रिय खेलकुद परिषद् (राखेप) को ५९ औं वार्षिकोत्सवका अवसरमा आयोजित डबल्स ब्याडमिन्टन प्रतियोगिताको मिक्स डबल्समा आइतबार स्वर्ण जितेका छन्।

राखेपको त्रिपुरेश्वरस्थित कभर्डहलमा प्रतियोगितामा सुजन खतिवडा र विमला जोशीको जोडीलाई हराउँदै तुलसी र रिताले उपाधि जितेका हुन्। प्रतियोगितामा प्रजापति दाहाल र रुका गिरी तथा धर्मराज ओझा र रिता चौलागाईंको जोडी तेश्रो भए।

पुरुष डबल्समा पनि तुलसीले भीमप्रसाद राईसंग मिलेर स्वर्ण जिते। फणिन्द्र पौड्याल र सुजन खतिवडाको जोडीले रजत हात पारे भने प्रजापति दाहाल र धर्मराज ओझा तथा निरबहादुर बस्नेत र श्याम अधिकारीको जोडीले कांस्यमा चित्त बुझाए।  एकदिने प्रतियोगिताको पुरुष डबल्समा ४ जोडी तथा मिक्स डबल्समा ५ जोडीले सुपर लिगका आधारमा प्रतिस्पर्धा गरेका थिए।


प्रकाशित: Aug 28, 2022| 20:11 आइतबार, भदौ १२, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।