शनिबार, मंसिर ६, २०८२

केन्याले नेपाललाई दियो १५७ रनको लक्ष्य

नेपाल र केन्याबीच भइरहेको खेलमा केन्याले नेपाललाई १५७ रनको लक्ष्य दिएको छ। टस जितेर पहिले ब्याटिङ रोजेको केन्याले पूरा ओभर खेल्दै दुई विकेट गुमाएर १५६ रन बनायो।
 |  आइतबार, भदौ १२, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, भदौ १२, २०७९

काठमाडौं– नेपाल र केन्याबीच भइरहेको खेलमा केन्याले नेपाललाई १५७ रनको लक्ष्य दिएको छ। टस जितेर पहिले ब्याटिङ रोजेको केन्याले पूरा ओभर खेल्दै दुई विकेट गुमाएर १५६ रन बनायो।

National life

नेपालका लागि सोमपाल कामी र आदिल अन्सारीले एक एक विकेट लिए। चार ओभर बलिङ गरेका सन्दीप लामिछानेले ४२ रन दिएर विकेटविहीन रहे। त्यस्तै दिपेन्द्र सिंह ऐरीले ३ ओभर बलिङ गर्दै ३१ रन दिएर विकेटविहीन रहे।

आजको खेलमा नेपालका युवा विकेट किपर अर्जुन साउदले डेब्यु गरेका छन्। केन्याका लागि राकिप पटेल र इरफान पटेलले अर्धशतक बनाए।

पाँच सिरिजको खेलमा नेपाल र केन्या १–१ को बराबरीमा छन्।

नेपालको प्लेइङ ११ मा सन्दीप लामिछाने, रोहित पौडेल, अर्जुन साउद, आरिफ शेख, दीपेन्द्रसिंह ऐरी, आदिल अन्सारी, करण केसी, ज्ञानेन्द्र मल्ल, सोमपाल कामी, साहब आलम र पवन सराफ  छन्।

Laxmi sunrise bank
kumari


प्रकाशित: Aug 28, 2022| 17:18 आइतबार, भदौ १२, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।