शनिबार, मंसिर ६, २०८२

नेपाल र केन्याको तेस्रो खेल : दोस्रो जितको खोजीमा नेपाल

नेपालले आइतबार (आज) केन्यासँग तेस्रो टी–२० खेल खेल्दै छ। केन्यामा जारी पाँच खेलको टी २० सिरिजअन्तर्गत नेपालले पहिलो खेलमा जित निकालेको हो भने दोस्रो खेलमा हार बेहोरेको थियो।
 |  आइतबार, भदौ १२, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, भदौ १२, २०७९

काठमाडौं- नेपालले आइतबार (आज) केन्यासँग तेस्रो टी–२० खेल खेल्दै छ। केन्यामा जारी पाँच खेलको टी २० सिरिजअन्तर्गत नेपालले पहिलो खेलमा जित निकालेको हो भने दोस्रो खेलमा हार बेहोरेको थियो।

National life

यो सिरिज जित्नका लागि तीन खेलमा जित निकाल्नु आवश्यक छ। त्यसैले नेपाल जितको लक्ष्यका साथ आज मैदान उत्रने छ।

नेपालले पहिलो खेलमा पाँच विकेटको जित निकालेको थियो भने दोस्रो खेलमा १८ रनको हार बेहोरेको थियो।

यो सिरिजमा मुख्य प्रशिक्षक मनोज प्रभाकरले नेपाली टिमका लगातार ब्याट्सम्यान कुशल भुर्तेललाई बोलाएका छैनन्। तर, राष्ट्रिय टिममा पर्न छाडेका ज्ञानेन्द्र मल्ललाई प्रभाकरले सिरिजमा बेलाएका थिए।

ज्ञानेन्द्रले पहिलो खेलमा २३ रन बनाएका थिए भने दोस्रो खेलमा एक रनमै आउट भएका थिए। जारी सिरिजमा नेपाली टिमका कप्तान सन्दीप लामिछाने र दीपेन्द्र सिंह ऐरीले उत्कृष्ट प्रदर्शन गरिरहेका छन्। आजको खेलमा पनि समर्थको ध्यान यी दुई खेलाडीमा हुनेछ।

Laxmi sunrise bank
kumari

नेपालले अब १३ गते र २४ गते केन्यासँग चौथो र पाँचौँ टी २० खेल्नेछ। टी२० सिरिजपछि नेपालले तीन खेलको एकदिवसीय सिरिज खेल्ने तालिका रहेको छ।

नौरोविको जिमखाना क्रिकेट मैदानमा नेपाली समय अनुसार पौने ४ बजेबाट खेल सुरु हुनेछ।

प्रकाशित: Aug 28, 2022| 08:50 आइतबार, भदौ १२, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।